Comments Add Comment

मैनाली र सुब्बालाई एमालेले केन्द्रमा समेट्ने

१५ फागुन, काठमाडौं । नेकपा एमालेले राधाकृष्ण मैनाली र बिजय सुब्बालाई २० प्रतिशत मनोनयनको बैधानिक व्यवस्थाअनुरुप केन्द्रीय सदस्यमा मनोनयन गर्ने भएको छ ।

Rk-Mainali-Bijaya-Subbaपहिलेमा एमालेमै रहेका र बीचमा अन्य पार्टीमा गएका नेता कार्यकर्तालाई पुनः पार्टीमा फर्काउन एमालेेले विधानमै व्यवस्था गरेर २० प्रतिशत मनोनयनको व्यवस्था गरेको छ ।

सोहीअनुरुप मैनाली र सुब्बालाई केन्द्रीय कमिटीमा ल्याउन लागिएको स्रोतले जनाएको छ । सुब्बा संघीय समाजवादी पार्टीको बरिष्ठ उपाध्यक्ष छाडेर एमाले प्रवेश गरिसकेका छन् । एमाओवादीको केन्द्रीय सल्लाहकार रहेका मैनाली भने एमालेमा प्रवेश गरिसकेका छैनन् । तर, उनी एमाओवादीको नीतिसँग असहमत रहेर बसेका छन् ।

मैनाली एमालेका संस्थापक पनि हुन् । उनी स्थायी समिति सदस्य रहेकै बेला तत्कालीन राजासँग वार्ता गरेको भनेर कारवाहीमा परेका थिए ।

मैनालीलाई एमालेमा फर्काएर केन्द्रीय कमिटी सदस्य बनाउन नेताहरुबीच सहमति भइसकेको स्रोतले जनाएको छ ।
त्यस्तै विहीबार स्थगित भएको स्थायी कमिटी बैठक शुक्रबार बस्ने र पाँचजना बैकल्पिक केन्द्रीय सदस्यको मनोनयन टुंगो लगाउने नेताहरुले बताएका छन् ।

बैकल्पिक केन्द्रीय सदस्यमा रुपनारायण श्रेष्ठ, जुलीकुमारी महतो, भीम केसी, झपट रावल, देवशंकर पौडेल, राजेन्द्र राई र आङनिमा शर्माको नाम प्रस्तावित भएको स्रोतले जनाएको छ ।

देवशंकर पौडेललाई पूर्ण केन्द्रीय सदस्यमै मनोनित गर्ने सहमति भएको थियो । तर, बरिष्ठताक्रममा यसअघि अञ्चल सचिव भइसकेकाहरुलाई व्यवस्थापन गर्दा पौडेल बैकल्पिकको एक नम्बरमा परेको स्थायी समिति सदस्य किरण गुरुङले बताए ।

यसैबीच एमाले नेताहरुले शीर्ष नेताहरुले कार्य बिभाजन र पार्टीका महत्वपूर्ण कामलाई महत्व नदिई तीर्थाटन गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

‘नेताहरु विदेश भ्रमण, महोत्सव, महायज्ञ, हिरक जयन्ती, रजत जयन्ती जस्ता समारोह छाडेर कार्य बिभाजन टुंगो लगाउनु जुट्नुपर्ने हो’ केन्द्रीय सदस्य सूर्य थापाले भने ‘पार्टीलाई तदर्थवादमा होइन, आवश्यकतामा आधारमा चलाउनुपर्छ’ ।

यसपटक कार्य विभाजन र मनोयन गुटकमा आधारमा भन्दा पनि योग्यता क्षमता र इतिहासका आधारमा हुन लागेका स्थायी समिति सदस्य गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment