Comments Add Comment

कम्युनिष्टलाई गरिव र कांग्रेसलाई धनी भनेपछि सेन्सरले रोक्यो ‘किल्ला’

nepali-Film-Killa

काठमाडौं । राजनीतिक पृष्ठभूमिमा निर्माण गरेको भनिएको चलचित्र ‘किल्ला’ सेन्सर बोर्डको फन्दामा परेको छ ।

चलचित्रमा गरिबमा कम्यूनिष्ट र धनीलाई कांग्रेस भनेको भन्दै सेन्सर बोर्डले रिसुट गर्नु आग्रह गरेको निर्देशक हिमाल केसीले बताए । ‘चलचित्रले पार्टीगत आस्था राखेको भन्दै सेन्सर बोर्डले रिसुर्ट गर्न आग्रह गरेको छ ।’ निर्देशक केसीले भने ।

त्यसो त यो फिल्मको स्त्रिmप्ट विकास बोर्डले पहिल्यै पढेर पास गरेको थियो । ‘चलचित्र विकास बोर्डले तीन महिनासम्म स्त्रिmप्ट अध्ययन गरेर ठिक छ भनेपछि हामीले सुटिङ गरेका थियौं ।’ निर्माता सुभाष मेचेले भने ।

चलचित्रमा सुभास मेचे, सुरबि जैन, विल्सन बिक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment