Comments Add Comment

आजदेखि ‘मिसन पैसा’ र ‘अझै पनि’

friday-relise

काठमाडौं । शुक्रबार नेपाली सिनेमा हलहरुमा एकसाथ दुईवटा सम्भावनायुक्त सिनेमाको प्रर्दशन सुरु हुँदैछ । स्वर्गीय आलोक नेम्बाङ निर्देशित ‘अझै पनि’ र सिमोस सुनुवार निर्देशित ‘मिसन पैसा २’ एकसाथ प्रर्दशनमा आएका छन् ।

‘अझैपनि’ मा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त लगायतका कलाकारले मुख्य भुमिका निर्वाह गरेका छन् । काँठ क्षेत्रमा जन्मेको युवाको संघर्षको कथा समेटिएको ‘अझैपनि’ मा सम्बन्धको जटिलतालाई प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

आलोक आफैमा पोख्त निर्देशक थिए भने सुदर्शन पनि राम्रो फिल्म बनाउने निर्देशकको रुपमा चिनिन्छन् । यो सिनेमाबाट सुर्दशन अभिनेताका रुपमा पनि स्थापित हुन कोसिस गर्दैछन् ।

सिमोस सुनुवार निर्देशित ‘मिसन पैसा-२’ मा ग्याङ्गस्टार, एक्सन र रोमान्सलाई विषेश रुपमा प्रस्तुत गरिएको छ । निशा अधिकारी, अमिर गौतम, हषिर्का श्रेष्ठ, रेश मरहठ्ठा लगायतका कलाकारले यसमा अभिनय गरेका छन् । सुनुवारकै निर्देशन रहेको ‘मिसन पैसा’लाई दर्शकले निकै मन पराएका थिए ।

आजैदेखि हिन्दी र अंग्रेजी फिल्म पनि विभिन्न हलमा प्रदर्शन हुने भएको छ । नाना पाटेकरको मुख्य भुमिका रहेको ‘अब तक छप्पन-२’ मा आशुतोष राना र गुल पनागको पनि अभिनय रहेको छ । यो फिल्मलाई मुम्बई प्रहरीका इन्सपेक्टर दया नाईकको जिवनीमा बनेको बताइएको छ ।

म्याथु भगनको निर्देशन रहेको ‘किंंग्सम्यान द सिक्रेट सर्भिस’ पनि आजैदेखि हलमा लाग्ने भएको छ । उक्त फिल्ममा कर्लिङ पथ, श्यामुएल ज्याक्सन, मार्क स्ट्रङको मुख्य भुमिका रहेको छ ।

बिश्वकपका कारण राम्रा भारतीय सिनेमाहरु रिलिजका लागि डराइरहेका बेला दुई राम्रा नेपाली सिनेमाले राम्रै ब्यापार गर्ने अवसर छ । यसअघि आशलाग्दा नेपाली सिनेमाहरु भारतीय सिनेमाको पेलाईमा पर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment