Comments Add Comment

झलनाथ खनाल मलेसिया प्रस्थान

१५ फागुन, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल शुक्रबार बिहान मलेसियाको राजधानी क्वालालम्पुर गएका छन् ।

Jhalanath Khanal

  • फाइल तस्वीर

एसियाली पोलिटिकल पार्टीको स्थायी कमिटीको २४ औं बैठकमा सहभागी हुन उनी नेपाल एयरलाइन्सको विमानबाट क्वालालम्पुर गएका हुन् ।

सो बैठकमा एसियाली देशहरुका आपसी सम्बन्धलाई गहिरो थप घनिष्ठ बनाउने, एसियाली महाद्वीपलाई अग्रगामी दिशा तर्फ लैजाने लगायतका बिषयमा छलफल हुने बताइएको छ ।

एसियाली पोलिटिकल पार्टीहरुको एसियाब्यापी नयाँ पहलकदमीमा एमाले शुरूदेखि नै संलग्न हुदै आएको छ ।

खनालले मलेसियामा रहँदा राजनीतिक दलका नेताहरु र त्यहाँ बसोबास गर्दै आएका नेपालीहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

त्यसपछि ४ मार्चमा हुने युवाहरुको भेलामा सहभागी हुन थाइल्याण्ड प्रस्थान गर्ने खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment