Comments Add Comment

निगमले सुरू गर्‍यो एयरबसबाट व्यवसायीक उडान

Nepal-Airlines-New-plane-Sagarmatha  (2)
१५ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमले भर्खरै ल्याएको एयरबसले शुक्रबार पहिलो व्यवसायीक उडान गरेको छ ।

सगरमाथा नामाकरण गरिएको एयरबस ‘ए३२०-२००’ जहाजले १०१ यात्रु बोकेर भारतको नयाँ दिल्ली उडेको हो । निर्धारित समय भन्दा करिव आधा घण्टा ढिलो गरि जहाज दिल्ली उडेको थियो ।

फर्किदा ५० जना यात्रुहरु बोकेर आएको निगमका कर्पोरेट डाइरेक्टर एवं प्रवक्ता रामहरि शर्माले बताए । निगमले बुधबारबाट नियमित उडान सुरु गर्ने तयारी गरेपनि भारतीय नागरिक उड्ययन प्राधिकरणले अनुमति नदिँदा उडान रद्ध गरिएको थियो ।

त्यतिबेला काठमाडौं-दिल्लीका लागि एक ३० यात्रु र दिल्ली काठमाडौंका लागि ६५ जना यात्रुले टिकट काटेका थिए । निगमले बुधबार बेलुका भारतबाट उडान अनुमति प्राप्त गरेको थियो ।

‘आजबाट हाम्रो अन्तर्राष्ट्रिय उडान विस्तारको पहिलो पाइला सुरु भएको छ’ प्रवक्ता शर्माले भने- ‘अब हामी विस्तारै उडान विस्तार गर्दै जान्छौं ।’

निगमको पहिलो एयरबस माघ २५ गते नेपाल अाइपुगेको हो । अर्को एयरबस एप्रिल महिनामा नेपाल आउँदैछ । दुईवटा एयरबस थपिएपछि निगमसँग अन्तर्राष्ट्रिय उडान गर्ने जहाजको संख्या चार पुग्ने छ ।

अहिले निगमले दुईवटा बोइङबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । चार जहाज पुगेपछि निगमले हप्तामा ९ गन्तव्यमा ५० वटा उडान गर्ने तयारीमा छ ।

एयरबस विहान ८ बजे काठमाडौंबाट दिल्ली उड्ने छ भने ११ बजेर ४० मिनेट जाँदा दिल्लीबाट काठमाडौं उड्ने छ ।

दिल्ली-काठमाण्डौंका लागि नेपाली यात्रुका लागि एकतर्फी भाडा ७ हजार ८४ रुपैयाँ छ । विदेशीको हकमा भने ८ हजार २ सय ३० रुपैयाँ तोकिएको छ ।

नयाँदिल्लीका लागि निगमले सातामा चार दिन उडान भर्ने तालिका बनाएको छ । विमान अभावमा निगमले दिल्ली-काठमाडौं उडान ०६८ मंसिर पछि गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment