Comments Add Comment

बैदेशिक रोजगारीमा हुनुहुन्छ ? ‘रेमिट हाइड्रो’मा लगानी गर्नुहोस्

Kabeli-Hydropower-Project१५ फागुन, काठमाडौं । के तपाईले विदेशी भूमिमा कडा परिश्रम गरेर कमाएको रकम परिवारका सदस्यहरुले फजुल खर्च गरेर तपाईलाई हैरान बनाइरहेका छन् ? यदि छन् भने तपाईको पैसा फजुल खर्च हुन नदिने सुवर्ण अवसर अाउँदैछ ।

नेपालमा जलविद्युत आयोजनाहरुको विकासमा तपाई आफूले कमाएको रकम लगानी गर्न सक्नु हुनेछ । सरकारको स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनीले विदेशमा रहेका नेपालीहरुका लागि ‘रेमिट हाइड्रो’ नामक आकर्षक लगानीको योजना सञ्चालन गर्ने तयारी गरेको छ ।

कम्पनीले सहायक कम्पनी स्थापना गरी पूर्वी नेपालको ताप्लेजुङको थिङवा र घुम्सा खोलामा १ सय ३० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । जसमा ‘रेमिट हाइड्रो’ योजनामार्फत विदेशमा रहेका नेपालीहरुले लगानी गर्न सक्नेछन् ।

यो आयोजनामा लगानी गर्नेले पेन्सन जस्तै बाँचुञ्जेल आकर्षक प्रतिफल पाउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले बताए । ‘यो योजनामा किस्ताबन्दीमा रकम जम्मा गर्न सकिने छ र कम्पनीले आजीबन आकर्षक प्रतिफल दिनेछ,’ रौनियारले भने । कति र कसरी प्रतिफल दिने भन्ने बारेमा छलफल भइरहेको उनले बताए ।

रौनियारका अनुसार यो योजनामा सहभागि हुन नेपालमा बैंक खाता हुनुपर्नेछ । श्रमिकहरुले आफूले कमाएको रकम थोरै थोरै गरेर मासिकरुपमा खातामा जम्मा गरी कम्पनीमा सेयर लगानी गर्न पाउने छन ।

‘उपभोगमा खर्च गर्दा रकम सकिन्छ तर सेयरमा लगानी गर्दा रकम बढ्छ’ उनले भने । सो आयोजनामा जलविद्युत बिकास कम्पनीको ५१ प्रतिशत, स्थानीयबासीले १५ र सर्वसाधाणले १० प्रतिशत सेयर पाउने पाउने छन् ।

आर्थिक वर्ष २०७०/७१ मा ५ खर्ब २६ अर्ब रुपैयाँ रेमिटान्स नेपाल भित्रिएको थियो । तर, रेमिटान्सबाट प्राप्त रकममध्ये ८२ प्रतिशत रकम उपभोगमा खर्च हुँदै आएको छ भने ४ प्रतिशत मात्रै बचत हुने गरेको तथ्यांक छ । बाँकी रकम शिक्षा, स्थास्थ्य, आवासमा खर्च हुने गरेको अर्थशास्त्रीहरु बताउँछन् ।

रेमिट्यान्सबाट प्राप्त भएको रकम उपभोगमा खर्च भएको भन्दै सरोकारवालाहरुले लामो समय चिन्ता गरिरहेका छन् ।

आगामी केही महिनामै कम्पनीले २ अर्ब रुपैयाँ बराबरका साधारण सेयर निष्काशन गर्दै छ । साधारण सेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीले बिभिन्न सात आयोजनामा कन्सोल्टियममार्फत तीन अर्ब रुपैयाँ लगानी गरिसकेको छ । जलविद्युत आयोजनाहरुमा रकमको अभाव हुन नदिन तत्कालीन उर्जामन्त्री गोकर्ण विष्टले यो कम्पनीको स्थापना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment