Comments Add Comment

तेजाव खनाइएकी किशोरीहरूलार्इ पूजाको साथ

sima-sangita donetion१५ फागुन, काठमाडौ । तीन वर्षअघि सामुहिक बलात्कारको शिकार भएकी किशोरी पूजा बोहोराले राजधानीमा तेजाव खनाएर घाइते किशोरीहरुको उपचारमा साथ दिएकी छन् । राजधानीको बसन्तपुरमा एसएलसी तयारीका लागि ट्युशन पढ्न गएकी किशोरीहरु सीमा बस्नेत संगीता मगरलाई अज्ञात ब्यक्तिले केही दिनअनुहारमा तेजाव छरिदिएको थियो ।

तेजाब परेर घाइते भएका सीमा र संगीताको उपचारका लागि भन्दै जुटाएको ४५ हजार रुपैयाँ पूजाले उनीहरुलाई भेट गरी प्रदान गरेकी हुन् । पूजा तीन वर्षअघि एसएलसी परीक्षा दिन गएको बेला सामुहिक बलात्कारको शिकार भएकी थिइन् ।

sima donetionपूजाले तेजाव आक्रमणबाट पीडित किशोरीहरुको उपचारका लागि राहत प्रदान गर्न भन्दै चन्दा संकलन अभियान थालेकी थिइन् । उनले लैनचौरको विभिन्न विद्यालय, कलेज, स्थानीय पसल तथा टोल टोलमा पुगी आर्थिक संकलन जुटाएकी थिइन् । पूजा बोहोरोको चन्दा संकलनमा आफ्नै बाबु र हजुरबुवाबाट बलात्कृत काभ्रेकी पूजा कार्की लगायतले पनि साथ दिएका थिए । पूजा कार्की रक्षा नेपालको संरक्षणमा रहेकी छन् ।

एसएलसी दिने बेलामा आफू सामुहिक बलात्कारमा परेको पीडाको स्मरण गर्दै पूजाले महिलाहरुमाथि हुने गरेका अपराधविरुद्ध सवै सशक्त ढंगले लाग्नुपर्ने बताइन् । पूजाले आफूले भोगको पीडा जस्तै सीमा र संगीताको पीडा रहेको भन्दै आफ्नो साथ सदैव रहने प्रतिवद्धता समेत जनाइन् ।

पीडकलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग गर्दै उनीहरुले महिलाविरुद्ध हुने जघन्य अपराधका अपराधीलाई मृत्यदण्डको सजायँ हुनुपर्ने माग गरेका छन् । राजधानीमै पढ्दै गरेका किशोरीहरुमाथि तेजाव आक्रमण गर्ने जस्तो जघन्य अपराधको घटना भएको भन्दै त्यसको सवर्त्र विरोध भइरहेको छ । एसएलसीको तयारीको लागि पढिरहेका संगीता र सीमालाई फागुन ११ गते बसन्तपुरमा एसिडले आक्रमण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment