Comments Add Comment

तीन दिनमा ९१ पैसाले घट्यो डलरको भाउ

dollar4१५ फागुन काठमाडौं । पछिल्ला तीन दिनमा एक अमेरिकी डलरको भाउ ९१ पैसाले घटेको छ । एक डलरको मुल्यमा बुधबार २० पैसाले, बिहीबार २७ पैसाले र ३४ पैसाले गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार एक डलर ९८ रुपैयाँ ५१ पैसामा किनेर ९९ रुपैयाँ ११ पैसामा बिक्री गर्ने जनाएको छ ।

राष्ट्र बैंकले बिहीबार ९९ रुपैयाँ ४५ पैसामा, बुधबार ९९ रुपैयाँ ८२ पैसामा र मंगलबार १ सय रुपैयाँ २ पैसामा बिक्री गरेको थियो ।

अन्तराष्ट्रिय बजारमा डलरको भाउ घटेपछि नेपालमा त्यसको प्रभाव परेको हो । नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलरको भाउ घट्दा नै लाभ मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment