Comments Add Comment

अमेरिकाका लागि आतंककारी भन्दा ह्याकर खतरनाक

१५ फागुन, काठमाडौं । अमेरिकी गुप्तचर एजेन्सीले साइबर आक्रमण देशका लागि सबैभन्दा खतरा भएको बताएको छ । साइबर आक्रमणलाई आतंकवादभन्दा पनि खतरा मानिएको छ ।

computer_reutersविश्वभरका लागि खतराहरुको वार्षिक आंकलनमा अमेरिकी खुफिया एजेन्सीले साइबर आक्रमणलाई समावेश गरेको छ ।

अमेरिकी खुफिया एजेन्सीका निर्देशक के दफ्तरका अनुसार साइबल आक्रमणमा आधारभूत रुपमा ठूलो विनाश त हुँदैन । तर, विदेशी सरकार र वैचारिक प्रेरणाले भरिएका हृयाकरहरुले अमेरिकाको अर्थतन्त्र र राष्ट्रिय सुरक्षालाई लगातार कमजोर पार्नेछ ।

यस्ता साइबर आक्रमणका लागि रुस र चीनका साथै इरान र उत्तर कोरियालाई प्रमुख स्रोतका रुपमा राखिएको छ ।

अमेरिकी खुफिया एजेन्सीले भविश्यमा हुने आक्रमणको स्वरुप कस्तो हुनेछ भन्ने पनि अनुमान गरेको छ । जस अनुसार सूचना गायव वा जारी गरेर खराब बनाउने प्रयास हुनेछ । जसले त्यसको विश्वसनीयतालाई कमजोर बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment