Comments Add Comment

आर्यनलाई असफलताको ह्याट्रिकबाट बच्न चल्नुपर्छ ‘पुनर्जन्म’

चलचित्रका मुख्य कलाकार केकी अधिकारी र गजित बिष्टको साथमा आर्यन सिग्देल ।
चलचित्रका मुख्य कलाकार केकी अधिकारी र गजित बिष्टको साथमा आर्यन सिग्देल ।

चलचित्र असफलताले कलाकारको मार्केट भ्यालु घट्छ । चलचित्र बनाउनेले उनीहरुमाथि लगानी गर्न छाड्छन् । यसैले पनि कलाकारका लागि चलचित्र चल्न जरुरी छ ।

नायक आर्यन सिग्देलका लागि फागुन २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पुनर्जन्म’ यसैले पनि विशेष बनेको छ । हुनत, चलचित्र असफल भएपनि उनका हातमा चलचित्रको संख्या कम छैन । कारण, यो चलचित्र पनि नचलेको खण्डमा आर्यनको असफलताको ह्याटि्रक हुनेछ । यसअघि लगातार उनका २ चलचित्र ‘नाईके र अलबिदा’ पूर्ण रुपमा असफल भैसकेका छन् ।

उसो त आर्यनले पनि यो चलचित्र आफ्ना लागि विशेष हुने बताउँदै आएका छन् । उनले यो चलचित्र १० बर्षपछि हेर्दा पनि दर्शकले गर्व गर्ने खालको हुने बताएका छन् । मोहनकृष्ण श्रेष्ठको निर्माणमा तयार भएको यो चलचित्रलाई सजन श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्रमा आर्यनका साथमा केकी अधिकारी र गजित बिष्टको मुख्य भूमिका छ ।

नेपालको इतिहास बताउने यो चलचित्रसँगै ‘झिग्राना’ र ‘भिमदत्त’ पनि प्रदर्शनमा आउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment