Comments Add Comment

एबी डिभिलियर्सले बनाए फास्टेस्ट १५० रनको कीर्तिमान

AB-de-Villiers

एकदिवसीय क्रिकेटमा सर्वाधिक कम बलमा अर्धशतक र शतक बनाएका दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले १५० रनको अर्को कीर्तिमान बनाएका छन् ।

विश्वकप क्रिकेटमा वेष्ट इण्डिजविरुद्ध अविजित १६२ रन बनाउने क्रममा उनले ६५ बलमा १५४ रन बनाएका हुन् । वन डे क्रिकेटमा यो सबैभन्दा कम बलमा बनेको १५० रन हो ।

यसअघि वन डेमा फास्टेस्ट १५० रनको कीर्तिमान अष्ट्रेलियन ब्याट्म्यान सेन वाट्सनको नाममा थियो । सन् २०११ मा उनले बंगलादेशबिरुद्ध ८३ बलमा १५० रन बनाएका थिए ।

यसअघि एबी डिभिलियर्सले वेष्टइण्डिजविरुद्ध १६ बलमा ५० र ३१ बलमा १०० रन बनाएका थिए ।

शुक्रबारको कीर्तिमानसँगै वन डे क्रिकेटमा फास्टेस्ट ५०, १०० र १५० को तीन वटै कीर्तिमान एबी डिभिलियर्सको नाममा बनेको छ ।

एबी डिभिलियर्सले विश्वकपमा सेकेण्ड फास्टेस्ट सेन्चुरी समेत बनाए । उनले आयरल्याण्डका कभिन ओब्रायनको रेकर्ड भने तोड्न सकेनन् ।

शुक्रबार वेष्टइण्डिजविरुद्ध डिभिलियर्सले ५१ बलमा छक्का हान्दै १०५ रन बनाएका छन् । यसअघि ओब्रायनले ५० बलमा शतक हानेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment