Comments Add Comment

साहरुखले भगवानलाई भने-‘चाडै नै चुरोट पठाउँछु’

srk-killer
बलिउड वादशाह साहरुख खान थुप्रै कुराका लागि सर्वसाधारणका आइडल हुन् । उनको पारिवारिक जीवनदेखि संघर्षको कथाले करोडौ मानिस प्रभावित छन् । तर, उनै साहरुखको एक बानीले भने उनको परिवारदेखि फ्यान नै हैरान छन् । साहरुख अत्याधिक धेरै धुम्रपान गर्छन् । दिनमा १ सय वटा सम्म साहरुख खानले चुरोट पिउने गरेका छन् ।

उनै साहरुखले अब आफूले धुम्रपान नगर्ने बताएका छन् । एक पत्रकार सम्मेलनमा साहरुखले भने-‘मलाई थाहा छ, धुम्रपानका थुप्रै वेफाइदाहरु छन् । मैले भगवानलाई वाचा गरेकाे छु कि चाडै नै तिम्रो ठाउँमा चुरोट पठाउँदैछु ।’

साहरुखले आफूले चाडै नै चुरोट छाडेको जानकारी गराउने बताए । साहरुखले केही दिन अघि ट्विटरमा चुरोट पिउनेसँग नबोल्ने बताएका थिए ।

साहरुखलाई उनकी छोरी सुहानाले चुरोटको लतबाट छुटाउन लामो समयदेखि मिहिनेत गरिरहेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment