Comments Add Comment

मुफ्ती जम्मू कश्मीरको मुख्यमन्त्री बन्ने

narendra-modi-and-mufti-syeed

१५ फागुन, काठमाडौं । पिपल्स डेमोक्रेटिक पार्टी पीडीपीका प्रमुख मुफ्ती मोहम्मद सईद भारत प्रशासित जम्मू-कश्मीरको मुख्यमन्त्री बन्ने भएका छन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शुक्रबार विहान भेटवार्ता गरेका छन् । भेटमा जम्मू कश्मीर।मा साझा सरकार बनाउनेबारे कुराकानी भएको छ ।

यसअघि पीडीपीका नेता एवं सईदका छोरी महबुबा मुफ्तीले भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई भेटेर संयुक्त सरकार गठनबारे कुराकानी गरेकी थिइन् ।

उक्त भेटमा जम्मू काश्मीरमा भाजपा र पीडीपीको संयुक्त सरकार गठनको आधार तयार भएको थियो ।

मुफ्ती मोहम्मद सईदले मार्च १ मा नयाँ सरकारको सपथ लिने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

उनले मुख्यमन्त्रीको सपथ लिनेछन् । भाजपाका नेता निर्मल सिंहले उपमुख्यमन्त्रीको सपथ लिनेछन् । सपथ समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुनेछन् ।

बीबीसीका अनुसार मन्त्रिपरिषद्मा दुबै पार्टीले बराबर साझेदारी गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment