Comments Add Comment

वेष्ट इण्डिजमाथि दक्षिण अफ्रिकाको कीर्तिमानी जित

South-Africa

१५ फागुन, काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले वेष्ट इण्डिजमाथि कीर्तिमानी जित हात परेको छ ।

शुक्रबार भएको खेलमा वेष्टइण्डिजलाई २५७ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले विश्वकपकै सबैभन्दा ठूलो जितको कीर्तिमानसँग बराबरी गरेको छ । यसअघि २००७ मा भारतले जिम्बावेविरुद्ध २५७ रनको जित हात पारेको थियो ।

सिड्नी क्रिकेट मैदानमा पहिले ब्याटिङ थालेको दक्षिण अफ्रिकाले एबी डिभिलियर्सको उत्कृष्ट प्रदर्शनको मदतमा ५० ओभरमा ५ विकेट गुमाएर ४०८ रन बनायो । यो अष्ट्रेलियाको कुनै पनि मैदानमा एकै इनिङमा बनेको सर्वाधिक रन हो ।

१८ रन जोड्दा पहिलो विकेट गुमाएको दक्षिण अफि्रकाका लागि हसिम अम्ला र फाफ डुप्लेसीसले १२७ रनको साझेदारी गरे । अमला ६५ र डुप्लेसिस ६२ रनमा आउट भए ।

त्यसअछि डिभिलियर्सले चौथो विकेटका लागि राइली रोसोवेसँग १३४ रनको साझेदारी गरे । रोसोव ६१ मा आउट । त्यसपछि भने डिभिलियर्सले आक्रामक पारी खेले ।

मिलरसँग ४८ रनको साझेदारी गरेका उनले अन्तिम ३.२ ओभरमा फरान बहारदिनसँग ८० रनको साझेदारी गरे । ४६ औं ओभरमा दक्षिण अफ्रिकाले ३४ रन जोड्दा डिभिलियर्सले व्यक्तिगत ३२ रन जोडे भने अन्तिम ओभरमा ३० रन जोडे ।

६६ बलको सामना गरेका डिभिलियर्स १७ चौका र ८ छक्काको मदतमा १६२ रनमा अविजित रहे ।

४०९ रनको विशाल लक्ष्य पछ्याएको वेष्ट इण्डिजले खराव सुरुवात गर्‍यो । ६३ रन बनाउँदा ७ विकेट गुमाएको वेष्टइण्डिजका लागि दिनेश रामदिन र कप्तान जसोन होल्डरले औठौं विकेटका लागि ४५ रनको साझेदारी गरे ।

होल्डरले जेरोमी टेलरसँग ४२ रनको साझेदारी गरेपनि टीमको लज्जास्पद हार टार्न सकेनन् । टेलरले ५६ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment