Comments Add Comment

युटुबमा प्रमोद, सीआरवीटीमा अन्जुको ‘धेरैलाई बाड्दा’ चर्चित(भिडियो)

keki-and-pramod-in-video
संगीतकार अर्जुन पोख्रेलको व्यस्तता अहिले निक्कै छ । चलचित्रको गीतमा अर्जुनले चर्चित ब्यानरमा काम गरिरहेका छन् । हालै मात्र उनी मुम्बई पुगेर भारतका चर्चित पाश्र्व गायकको आवाजमा नेपाली चलचित्रका गीत रेकडिङ गरेर फर्किएका छन् ।

उनै अर्जुनले संगीत भरेको एक गीतले अहिले सर्वाधिक चर्चा पाइरहेको छ । ‘धेरैलाई बाड्दा नपुग्ला माया’ बोलको गीतले अहिले नेपाली आधुनिक सुगम संगीतमा खुबै चर्चा पाएको छ ।

यो गीतलाई गायक  प्रमोद खरेल र गायिका अञ्जु पन्तको आवाजमा रेकर्ड गराइएको छ । प्रमोदको आवाजमा समावेश गीतले युटुबमा २ लाख ग्रस गर्न लागेको छ । यस्तै, अन्जु पन्तको आवाजमा समावेश गीतले सीआरवीटी र पीआरवीटीमा नै चर्चा पाइरहेको छ ।

यो गीतको चर्चासँगै अर्जुन अब आफूलाई श्रोताले आधुनिक गीतमा पनि चिन्ने विश्वास गर्छन् । प्रमोदको आवाजमा समावेश गीतको भिडियोमा प्रमोद र केकी अधिकारीले मोडलिङ गरेका छन् ।

यस्तै, अञ्जु पन्तको स्वरमा समावेश गीतमा नन्दिता केसी र अभिनय गरेका छन् । गीतमा गीतकार श्रद्धा अधिकारीको शब्द छ । यो गीतलाई अनलाइनखबरको युटुब च्यानलमा पनि तपाइले हेर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment