Comments Add Comment

भारतीय मोबाइल सेल्कन नेपाली बजारमा

 Celkon-Q500-Ultra
भारतीय ब्रान्डको ‘सेल्कन’ मोबाइल नेपाली बजारमा भित्रिएको छ । नेक्स्ट जेनेरेशन इन्टरप्राइज सोलुसन्सले सेलकन नेपालमा बिक्री सुरु गरेको हो ।

भारत, बंगलादेश, श्रीलंका लगायतका मुलुकमा लोकप्रिय यो ब्राण्ड पहिलोपटक नेपाल  आएको हो । सेलकनले एकैचोटी झण्डै एक दर्जन मोडल नेपाली बजारमा पठाएको छ ।

कम्पनीले क्यु ४५५, क्यु ५०० अल्ट्रा,  क्यु ५, ए २०, ए ३५४ सी, ए ११५,  सी ५ एस, सी ६०९ स्टार, सी ५ प्लस र सी ३४४ मोडल नेपाली बजारमा बिक्री सुरु गरेको हो ।

काठमाडौं उपत्यकामा न्युरोड, कलंकी, बानेश्वर, कोटेश्वर, ललितपुर, भक्तपुरबाट सेल्कन मोबाइल बिक्री गर्ने कम्पनीले जनाएको छ ।

उपत्यकाबाहिर नारायणगढ, हेटौंडा, बिरगंज, जनकपुर, लहान, राजबिराज, इटहरी, धरान, दमक, बिर्तामोड, धनगडी, नेपालगंज, सुर्खेत, दाङ, बुटवल, पोखरा, दमौली र दोलखा चरिकोटमा पनि सेल्कन मोबाइल बिक्री वितरण गरिने छ ।

celkonq455

भारतीय मोबाइलले बर्चश्व जमाएको नेपाली बजारमा सेल्कन ब्राण्डले छोटो समयमा नै अग्रस्थान ओगट्ने बिश्वामा रहेको नेक्स्ट जेनेरेशनका प्रबन्ध निर्देशक शरद भट्टराईलेे बताए ।

बिक्रीपछिको सुबिधालाई ध्यानमा राखेर कम्पनीले न्युरोडको ताम्राकार कम्प्लेक्समा सर्भिस सेन्टर खोलिसकेको छ । साथै, सुन्धारामा रहेको सिटिसी मोबाइल बजारमा पनि सर्भिस सेन्टर रहने बताइएको छ ।

एन्ड्रोइड किटक्याट भर्सनमा चल्ने क्यु ४५५ स्मार्टफोनमा १६ जिबी इन्टरनल मेमोरी, ८ मेगापिक्सल रियर क्यामेरा, १.२ क्वार्डकोर प्रोसेसर, ४.५ क्युएचडी आइपिएस डिस्प्ले, १ जिबी र्‍याम, दुइवटा सिम लाग्ने र २ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ ।

त्यसैगरि, क्यु ५०० अल्ट्रामा २ जिबी र्‍याम, १६ जिबी इन्टरनल मेमोरी, ८ मेगापिक्सल ब्याक क्यामेरा, २ मेगा पिक्सल फ्रन्ट क्यामेरा, ३२ जिबी सम्म मेमोरी थप्न सकिने, २५०० एमएएचको ब्याट्री, १.२ क्वाडकोर प्रोसेसर र १२.७ सिएम एचडी स्क्रिन लगायतका सुविधाहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment