Comments Add Comment

उपत्यकाबाहिर स्वाइनफ्लुको परीक्षण हुँदैन, बालबालिका बढी जोखिममा

१६ फागुन, काठमाडौं ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उपत्यकाबाहिर पनि स्वाइन फ्लुको परीक्षणका लागि नमुना संकलनको व्यवस्था गरेको भने पनि त्यसो नभएको पाइएको छ।

pigपरीक्षणको सेवाको अभावमा संकास्पद बिरामी काठमाडौं आउन बाध्य भएका छन्। ‘त्यति ठूलो सहरमा परीक्षणको सेवा दिन सकेको छैन सरकारले’, वीरगन्जबाट झन्डै चार हजार रुपयाँ तिरेर हवाईजहाजमा काठमाडौं आइपुगेकी मालनी कुशवाहाले भनिन्, ‘स्वास्थ्य जाँच त गर्नुपर्‍यो। त्यही भएर आत्तिएर आएकी हुँ।’

आफैं पनि स्वास्थ्यकर्मी रहेकी उनले सरकारले भारतीय सीमा जोडिएका जिल्लामा संकलनको व्यवस्था नगर्दा स्वाइन फ्लुको जोखिम बढेको बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

जोखिममा बालबालिका

विद्यालय जाने बालबालिका र नवजात शिशुलाई रुघाखोकी, ज्वोरो, झाडापखाला वा घाँटी दुख्ने समस्या देखिएको छ भने उनीहरूलाई तुरुन्त स्वास्थ्य जाँच गराउन चिकित्सकले सुझाव दिएका छन्।

काठमाडौंका एक बालकलाई पनि स्वाइनफ्लु देखिएकाले विशेष सजग रहन अभिभावकलाई उनीहरूले सुझाव दिएका हुन्। सरुवारोग विशेषज्ञ डा. वासुदेव पाण्डेले भने, ‘मास्क नलगाई बालबालिकालाई विद्यालय नपठाऔं।

मास्क लगाएर पनि ढुक्क हुने स्थिति छैन। त्यसैले लक्षण देखिनासाथ अस्पतालमा जाँच गर्न लगिहाल्नुपर्छ। हेलचेक्र्याइँ भयो भने सबै परिवार संक्रमित हुनसक्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment