Comments Add Comment

नारायणहिटीमा ६ वर्षको कमाई १५ करोड

narayanhiti

१६ फागुन, काठमाडौं । नारायणहिटी संग्रहालय सर्वसाधारणका लागि खुल्ला भएको ६ वर्ष पूरा भएको छ । तैपनि संग्रहालय अवलोकन गर्न आउने अधिकांशको अनुत्तरित प्रश्न सँधै आइरहेको छ । नारायणहिटी संग्रहालयमा राखिएको आगन्तुतक पुस्तिकामा श्रीपेच हेर्न पाइएन, दरबार हत्याकाण्ड भएको स्थान त्रिभुवन सदनको विलियार्ड बैठक जस्ताको तस्तै बन्नुपर्ने र श्रीसदन हेर्न पाउनुपर्ने जस्ता प्रश्नको चाङ लागेका छन् ।

संग्रहालय खुलेको ६ वर्ष बितिसक्दा पनि पूर्व राजा ज्ञानेन्द्रले जनताको विरासतको रुपमा छाड्नुभएको सम्पत्ति श्रीपेच सरकारले देखाउन आँट नगरेको नेपाल समाचारपत्रमा खबर छ ।

नारायणहिटी संग्रहालय सर्वसाधारणका लागि खुला भएको सात वर्ष लागेको अवस्थामा बिहीबारसम्म पौने १९ लाख स्वदेशी र विदेशीले अवलोकन गरिसकेका छन् । सबैभन्दा बढी सर्वसाधारण नेपाली रहेका छन् । त्यसपछि नेपाली विद्यार्थी रहेका छन् । संग्रहालयले दिएको तथ्यांकअनुसार ८ लाख ८७ हजार ७२ सर्वसाधारण, ८ लाख ३३ हजार ९ सय ४८ नेपाली विद्यार्थी रहेका छन् । चीन, सार्क मुलुकका १ लाख ४३ हजार पाँच सय ८६ जना रहेका छन् । सबै अवलोकनकर्ताबाट १५ करोड ५४ लाख, ९५ हजार ६ सय ६५ रुपैयाँ राजस्व संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment