Comments Add Comment

चिट्ठाको लोभमा फस्दै नेपाली

१६ फागुन, काठमाडौं । चिट्ठाको लोभ देखाउँदै ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहको सक्रियता नेपालमा बढेको छ ।

lucky-drawपाकिस्तानी, भारतीय तथा अफ्रिकी गिरोहहरुले नेपालीलाई फसाउने गरेका छन् । करिब १२ जनाले प्रहरीमा उजुरी दिएर ठगी गर्नेलाई समेत पक्राउ गराइसकेका छन् । तर पनि ठगिने क्रम रोकिएको छैन् ।

चिट्ठा पर्‍यो भनेर फोन गर्ने तथा एसएमएस पठाउने र उक्त पैसा पठाउनका लागि केही खर्च लाग्ने भन्दै पैसा मगाएर ठगी गर्ने प्रवृत्ति छ । विगतका वर्षमा पनि यस्ता घटना हुने गरेका थिए । तर, अहिल चिट्ठाको लोभमा नेपाली ठगिने क्रम झन बढ्दो रहेको नयाँ पत्रिकामा खबर छ ।

पहिला इमेलमा चिट्ठा परेको बताएर ठग्ने चलन थियो भने पछिल्लो समय मोबाइलमा एसएमएस र फोन गरेर ठग्ने प्रवृत्ति बढेको छ । एसएमएसमा पनि कम विश्वास हुन थालेपछि भारतीय तथा पाकिस्तानी नम्बरबाट फोन गरी चिट्ठा परेकेा भन्दै ठगहरुले विश्वास दिलाउँछन् ।

प्रायः हिन्दी भाषामा यस्तो फोन आउने गरेको छ । उनीहरुले मोबाइल तथा विभिन्न सामान किन्दा चिट्ठा परेको भन्दै विश्वासमा पारेर, त्इसका लागि केही खर्च पठाउनुपर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment