Comments Add Comment

कालो बोको काटेर एयरबसको पूजा

१६ फागुन, काठमाडौ । नेपाल वायुसेवा निगमले शुक्रवार विहान नयाँ एयरबस विमान उडानुअघि दुईवटा कालो बोका काटेर पूजा गरेको छ । शुक्रबार विहान ८ बजे काठमाडौ-दिल्लीका लागि तय भएको एयर बसको पहिलो अन्तर्राष्ट्रिय उडान सुरु हुनअघि बोका काटेर विशेष पूजा गरेको निगम स्रोतले जनाएको अन्नपूर्ण पोष्टमा खबर छ ।

Nepal-Airlines-New-plane-Sagarmatha  (2)

हिन्दु परम्पराअनुसार गरिएको यस्तो पूजाआजा र बोकाको बलिले निगमले भलो गर्ने विश्वास गरिन्छ । शुक्रबार विहान एयरबस ३२०-२०० सिरिजको सगरमाथा नामक जहाज उडाउनुअघि विमानस्थलमा रहेको इन्जिनियरिङ विभागद्वारा स्थापित आकाशभैरवको मन्दिरमा बलि दिएको निगमका एक कर्मचारीले बताए । निगमका अनुसार आन्तरिक रुपमा गरिएको यो पूजामा जहाजको पाङग्रामा बलि दिने वा रगत लगाउने काम भने गरिएन ।

निगमले कुनै पनि विशेष काम गर्दा, उपलब्धी हासिल गर्दा र हरेक दशैंमा कालोबोकाको बलि दिएर पूजा गर्ने गरेको छ । निगमको केन्द्रीय कार्यालयको कौशीमा पनि आकाश भैरवको मुर्ति राखिएको छ । यस मुर्तिमा निगमको हित र भलाइको कामना गर्दै दिनहुँ पूजा हुने गर्छ ।

दुई वर्षअगाडि इन्जिनियरिङ विभागमा स्थापना गरिएको आकाशभैरव मुर्तिमा भने नयाँ जहाज आउँदा, इन्जिनियरिङ विभागले जहाजको पाटपूर्जा ठूलो संख्या वा मूल्यमा खरिद गर्दा, हरेक वर्ष दशैंमा र मुर्तिमा रंगरोगन गरेपछि बलि दिएर पूजा गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment