Comments Add Comment

साताभरमा ७५ पैसाले घट्यो अमेरिकी डलरको भाउ

१६ फागुन काठमाडौं । यो साता नेपाली बजारमा अमेरिकी डलरको मुल्य घटेको छ । साताभरमा डलरको भाउ प्रतिडलर ७५ पैसाले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

dollor-accountराष्ट्र बैंकले अन्तराष्ट्रिय बजारमा भएको उतारचढावलाई आधार मानेर खुल्ला बजार विनिमयदर तोक्ने गर्छ । राष्ट्र बैंकले तोकेको मुल्यकै आसपासमा बैंकहरुले मुल्य निर्धारण गरि कारोबार गर्नुपर्ने हुन्छ ।

आइतबार र सोमबार डलरको मुल्यमा कुनै हेरफेर भएन भने मंगलबार १६ पैसाले बढेर सय रुपैयाँ २ पैसा पुगेको थियो । तर, बुधबार, बिहीबार र शुक्रबार लगातार घट्यो । बुधबार २० पैसाले, बिहीबार ३७ पैसाले र ३४ पैसाले गरी तीन दिनमा ९१ पैसाले घट्यो ।

नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलरको भाउ बढ्दा नै नेपाललाई फाइदा हुने विज्ञहरुले
बताउँदै आएका छन ।

यो साताको एक अमेरिकी डलरको मुल्य

बार खरिद मुल्य बिक्री मुल्य
आइतबार ९९ रुपैयाँ २६ पैसा ९९रुपैयाँ ८६ पैसा
सोमबार ९९ रुपैयाँ २६ पैसा ९९ रुपैयाँ ८६ पैसा
मंगलबार ९९रुपैयाँ ४२ १०० रुपैयाँ ०२ पैसा
बुधबार ९९ रुपैयाँ २२ ९९ रुपैयाँ ८२ पैसा
बिहीबार ९८ रुपैयाँ ८५ पैसा ९९ रुपैयाँ ४५ पैसा
शुक्रबार ९८ रुपैयाँ ५१ पैसा ९९ रुपैयाँ ११ पैसा

स्रोतः नेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment