Comments Add Comment

सातामा ४८ प्रतिशत बढ्यो सेयर कारोबार, सवा करोड कित्ता सेयर सूचिकृत

१६ फागुन काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ७० कम्पनीका ३६ लाख ५३ हजार कित्ता सेयर १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमा बिनबेच भएका छन । यो साताको कारोबार रकम गत साताको भन्दा ४८.०३ प्रतिशतले बढी हो ।
गत साता १ सय ६६ कम्पनीका  २३ लाख ३ हजार कित्ता सेयर ९४ करोड ६ लाख ८७ हजार रुपैयाँमा किनबेच भएका थिए ।
नेप्से परिसूचक पहिलो दिनको तुलनामा ७.८ अंकले बढेेर अन्तिम दिन ९७९.२७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.५१ अंकले बढेेर २०७.४८ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम (३२ करोड ५ लाख १० हजार रुपैयाँ) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (७ लाख ९२ हजार कित्ता) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक संस्थापक अग्रस्थानमा छ । त्यसैगरी कारोबार संख्या (६३६ वटा) को आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ ।

कारोबार रकमका आधारमा साताका उत्कृष्ट ५ कम्पनीहरुः

क्र.सं. कम्पनीको नाम कारोबार रकम

(रु. दशलाखमा)

नेपाल इन्भेस्टमेन्ट बैंक (संस्थापक) ३२०.५१
प्रभु बैंक १५५.३२
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ६१.००
चिलिमे हाइड्रोपावर कम्पनी ५४.५५
एभरेस्ट बैंक कम्पनी ४४.५५

साताभरमा वभिन्नि ६ कम्पनीका १ करोड २५ लाख कित्ता बोनस सेयर सूचकिृत भएका छन ।

कम्पनीको नाम सूचिकृत धितोपत्रको किसिम सूचीकृत धितोपत्र संख्या
चिलिमे हाइड्रोपावर कम्पनी बोनस ४५४२७२० कित्ता
काष्ठमण्डप डेभलपमेन्ट बैंक बोनस २६०७७२ कित्ता
ज्योति विकास बैंक बोनस ५१८००० कित्ता
छिमेक लघुवित्त विकास बैंक बोनस ७३५९३० कित्ता
निलगिरि विकास बैंक बोनस २०१८६० कित्ता
नेपाल इन्भेस्टमेन्ट बैंक बोनस ६२४४९९६० कित्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment