Comments Add Comment

अष्ट्रेलियाविरुद्ध न्यूजिल्याण्डको रोमान्चक जित

Australia-out

विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले उपाधिको बलियो दावेदार अष्ट्रेलियाविरुद्ध रोमान्चक जित हात पारेको छ ।

शनिबार फस्ट बलरहरु हावी भएको खेलमा भएको खेलमा न्यूजिल्याण्डले अष्ट्रेलियाविरुद्ध १ विकेटको जित हात पारेको हो । यो विश्वकपमा अष्ट्रेलियाको पहिलो हार हो ।

स्टर्कको ६ विकेट र विलियम्सनको छक्का 

इडन पार्कमा अष्ट्रेलियाले प्रस्तुत गरेको १५२ रनको लक्ष्य ब्रान्डन म्याकुलमको अर्धशतकको मदतमा न्यूजिल्याण्डले २४ ओभरमा ९ विकेटको क्षतिमा भेट्टायो ।

ओपनर म्याकुलमले आक्रामक पारी खेले । सुरुवाति तीन ओभरमा ३९ रन जोडेको न्यूजिल्याण्डले मार्टिक गुप्टिललाई पहिलो विकेटका रुपमा गुमायो । जतिबेला उसको स्कोर ४० रन थियो ।

म्याकुलमले दोस्रो विकेटका लागि केन विलियम्सनसँग ३८ रनको साझेदारी गरे । ७८ रन बनाउँदा दोस्रो विकेटका रुपमा आउट भएका म्याकुलमले ५० रन बनाए ।

थप एक रन जोड्दा न्यूजिल्याण्डले २ विकेट गुमायो । रोस टेलर १ रनमा आउट भए भने ग्राण्ड एलियट डकआउट भए । तर, क्रिजमा टिकिरहेका केन विलिम्यसनले कोरी एण्डरसनसँग ५२ रनको साझेदारी गर्दै जितको आधार तयार पारे ।

एण्डरसन (२६) पाँचौं विकेटका रुपमा आउट हुँदा न्यूजिल्याण्डको स्कोर १३१ रन थियो । थप १५ रन जोड्दा ४ विकेट लिएपछि अष्ट्रेलिया खेलमा फर्कने संकेत देखियो ।

तर, नवौं विकेट गुमेपछि लगातार दुई बलमा रन जोड्न नसकेको न्यूजिल्याण्डका विलियम्सनले २४ औं ओभरको पहिलो बलमा छक्का हान्दै टीमलाई जित दिलाए ।

विलिम्यसनले ४५ रनमा अविजित रहे । ४२ बलको सामना गरेका उनले ५ चौका र एक छक्का हाने ।

अष्ट्रेलियाका मिचेल स्टार्कले ९ ओभरमा २८ रन दिएर ६ विकेट लिए । पेट कोमिन्सले २ र म्याक्सवेलले १ विकेट हात पारे ।

बोल्टको झड्का

यसअघि ट्रेन्ट बल्टले पााच विकेट लिएपछि अष्ट्रेलिया ३२.२ ओभरमा १५१ रन जोड्दा अलआउट भएको थियो ।

अष्ट्रेलियाको सुरुवात राम्रो हुन सकेन । ३० रन जोड्दा पहिलो विकेटका रुपमा ओपनर एरोन फिन्चलाई १४ रनमा गुमाएको अष्ट्रेलियाका लागि डेभिड वार्नर र शेन वाट्सनले दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे ।

बाट्सन २३ रनमा आउट भए । डेभिड वार्नर र शेन वाट्सनको साझेदारी टुटेपछि अष्ट्रेलियाको विकेट झर्ने क्रम तिव्र भयो । २६ रन जोड्दा ७ विकेट गुमायो । वार्नरले ३४ रन बनाए भने कप्तान माइकल क्लार्क १२ रनमा आउट भए ।

ब्राड हेडिनले नवौं विकेटका लागि पेट कुमिन्ससँग ४५ रनको साझेदारी गरे । हेडिन ४३ रनमा आउट भए भने कुमिन्स ७ रनमा अविजित रहे ।

न्यूजिल्याण्डका ट्रेन्ट बल्टले पााच विकेट लिए भने टीम साउथी र भिट्टोरीले २-२ विकेट लिए । कोरी एण्डरसनले एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment