Comments Add Comment

आउँदैछन् दुई सय किलोका फिल्मी हिरो

ganesh_hey

मुम्बई । फिल्मको हिरो कस्तो हुनुपर्छ ? यसबारेमा फिल्मी उद्योगमा एक अधोषित मापदण्ड नै छ । जस्तो कि, आर्कषक जिउडालको हुनुपर्छ, सुगठित शरिर हुनुपर्छ, सिक्सप्याक नै भए सवैभन्दा राम्रो ।

तर, झण्डै भकारीजस्तो जीऊ भएको दुई किलो तौलको हिरो बन्न सक्छ ? सायद सक्दैन् ।

बलिउडमा यस्तै एक दुई सय किलोका भिमकाय हिरो देखा पर्दैछन् ।

नृत्य निर्देशकका रुपमा स्थापित गणेश आचार्य यतिबेला हिरोका रुपमा डेब्यु गर्दैछन् ।

आफ्नै होम प्रोडक्सनमा निर्माण हुने ‘हे ब्रो’ वाट बलिउडका प्रसिद्ध कोरियोग्राफर गणेश आचार्य फिल्ममा प्रवेश गर्दैछन् । उनको वजन २०० किलो छ ।

‘भाग मिल्खा भाग’ को ‘मस्तों का झुण्ड…’ गीतको कोरियोग्राफी गरेर ६१ औं नेशनल अवार्ड जितेका आचार्यले ‘हे ब्रो’ मा जुम्ल्याह भाईको भुमिका निर्वाह गर्ने छन् ।

१६० किलो वजन भएका गणेशले फिल्ममा अभिनय गर्नकै लागि ४० किलो वजन बढाएका थिए । सामान्यत अरु हिरोले फिल्म खेल्नकै लागि आफ्नो वजन घटाउँछन् तर, गणेशले बढाए ।

२० वर्षदेखि कोरियोग्राफीमा सक्रिय गणेशले बलिउडका केही प्रसिद्ध कलाकारसँग काम गरेका छन् ।

यो फिल्मको प्रमोशनल गीत ‘बिरजु’ मा अमिताभ बच्चन, अक्षय कुमार, अजय देबगण, ऋतिक रोशन, रणबीर सिंह र प्रभु देवाले अभिनय गर्ने भएका छन् ।

आफ्नो फिल्ममा चर्चित कलाकारले अभिनय गरेकोमा कृतज्ञ छन् उनी । ‘अमिताभ बच्चनसँग मैले तुफान मा असिस्टेन्ट कोरियोग्राफर भएर काम सुरु गरेको थिएँ अहिले म उनकै परिवारको सदस्य भएको छु ।’ उनले भने ।

त्यसो त अर्का पुराना अभिनेता गोबिन्दा पनि दारुवाजको भुमिकामा देखिदैछन् ।

कोरियोग्राफरलाई टिक्न मुस्किल

गणेशको भनाई अनुसार अहिले कोरियोग्राफरलाई फिल्ममा टिक्न मुस्किल छ । पछिल्लो समय धेरै निर्देशकले गीतको सम्पूर्ण जिम्मा कोरियोग्राफरलाई छाड्ने गरेको बुझेका छन् । उनी भन्छन ‘गीतमा ड्रेस र पोशाकको वारेमा समेत निर्देशकले चासो राख्थे तर, अहिले वास्ता गर्न छाडेका छन् ।’

पछिल्लो समय सेक्स कमेडी फिल्मको बाढी आएको उनलाई चित्त बुझेको रहेनछ । उनी अहिले पनि पारिवारिक फिल्मकै पक्षमा छन् । उनले कहिल्यै फिल्ममा सेक्स नबेच्ने दाबी गरे । ‘म एउटा पारिवारिक ब्यक्ति हुँ, घरमा सबैले बसेर हेर्न मिल्ने फिल्म बनाउँछु ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment