Comments Add Comment

३० दलिय मोर्चाको प्रभाव सिनेमा हलमा पनि

fcube cinema hall

काठमाडौ । नेपाली सिनेमाले सबै भन्दा राम्रो ब्यापार गर्ने दिनको रुपमा चिनिन्छ शनिवार । मल्टिप्लेक्स र सिंगल स्क्रिन दुबै हलमा शनिवारको ब्यापार राम्रो हुने भए पनि आज काठमाडौका केही हलको ब्यापार कमजोर हुने भएको छ ।

एकीकृत माओवादी नेतृत्वको ३० दलिय मोर्चाले शनिवार काठमाडौमा जन प्रदर्शन गर्ने क्रममा सिनेमा हलको ब्यापार कमजोर हुने भएको हो । बिहान ८ बजेको शोमा असर नगरेपनि ११ र दुई बजको शो भने प्रभावित हुने भएको छ ।

सबैभन्दा धेरै असर काठमाडौको जमलमा रहेको विश्वज्योती हलमा पर्ने भएको छ । सामान्य आन्दोलन हुँदा समेत विश्वज्योती हलमा गतिलै असर पर्ने गरेको छ ।

‘समान्य आन्दोलनमा त हाम्रो हलमा मान्छे आउदैनन्, आज त ठूलै आन्दोलन छ ।’ टिकट शाखामा काम गर्ने एक कर्मचारीले भने ।

शनिवार बिहान ११ बजेदेखि काठमाडौका विभिन्न ६ स्थान बालाजु, बल्खु कलंकी, गौशाला, तीनकुने र लगनखेलवाट जुलुस निस्कने हल्ला चलेसंगै ति रुटमा पर्ने सिंगल हलका दर्शक समेत फिल्म हेर्ने तिथि सार्न वाध्य भएका छन् ।

गोपिकृष्ण चाबहिल, गुण सिनेमा ग्वार्को र अष्टनारायण हल बालाजु चक्रपथ भन्दा बाहिर परेकाले ती हलमा खासै समस्या हुँदैन । गोपीकृष्ण मुभीजका प्रवन्ध निर्देशक तीर्थ पौडेलका अनुसार आजको ब्यापार राम्रो छ । ‘प्रदर्शनका कारण ब्यापारमा असर परेको देखिएको छैन अहिलेसम्मको ब्यापार रामै्र छ ।’ पौडेलले भने ।

शुक्रवारदेखि दुई नेपाली फिल्म अझै पनि र मिसन पैसा-२ प्रदर्शन सुरु भएको छ । दुबै पछिल्लो समय आश गरिएका फिल्म हुन् । मल्टिप्लेक्स हलमा भने आन्दोलनको असर नपर्नेमा हल सञ्चालक एवं निर्माताहरु ढुक्क छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment