Comments Add Comment

हामीलाई देखेर सरकार डरायो : महरा

१६ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले आजको प्रदर्शनबाट सरकार डराएको दाबी गरेका छन् । शान्तिपूर्ण प्रदर्शन गर्दा पनि सरकार आतंकित भएको उनले दाबी गरे ।

krishna bahadur maharaकाठमाडौंको खुलामञ्चमा शनिबार विहान पत्रकारहरुसँग कुरा गर्दै महराले भने, ‘झण्डामा राखिएका लठ्ठीलाई समेत सरकारले हतियार देख्न थाल्यो, सरकारको यो कमजोरी हो कायरता हो ।’

आफूले प्रहरी प्रमुखलाई नै फोन गरेर शान्तिपूर्ण प्रदर्शन हुने भएकाले अनावश्यक हस्तक्षेप नगर्न भनेको उनले जानकारी दिए ।

उनले आजको जनसभामा २ लाख भन्दा धेरै जना सहभागी भएर सहमतिमा अघि बढ्न सरकारलाई दबाव दिने बताए ।

महराले भने, ‘२ लाख जनता आउने भनिएको छ, २ लाख त हाम्रा मात्रै कार्यकर्ता हुन्छन्, अरु २९ दलका कार्यकर्ता समेत मिसिादा त्यो भन्दा पनि धेरै हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment