Comments Add Comment

मोर्चाको प्रदर्शन शान्तिपूर्ण : मानव अधिकार आयोग

१६ फागुन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तीस दलीय मोर्चाले शनिबार आयोजना गरेको जनशक्ति प्रदर्शनको अनुगमन गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा परिचालित अनुगमन टोलीबाट प्राप्त जानकारी अनुसार शनिबार बिहान साढे ११ बजेसम्मको अवस्था सामान्य रहेको आयोगले जनाएको छ ।NHRC
आयोग सदस्य सुदीप पाठक नेतृत्वको टोलीले कोटेश्वर, नयाँ बानेश्वर, रत्नपार्क, थापाथलीलगायत क्षेत्रको अनुगमन गरेको थियो । टोलीले महानगरीय प्रहरी आयुक्तको कार्यालयमा पुगेर प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मासँग पनि सुरक्षा अवस्थाबारे जानकारी लिएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले हालसम्म स्थिति सामान्य रहेको तथा शान्ति-सुरक्षाको यथेष्ट प्रबन्ध मिलाइएको जानकारी दिएको आयोगले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

यसैगरी, आयोगले प्रदर्शन कार्यक्रममा सहभागी दलका नेतामध्ये वर्षमान पुन र हृदयेश त्रिपाठीसँग फोनवार्ता गरी जानकारी लिएको थियो । पुन र त्रिपाठीले प्रदर्शन शान्तिपूर्ण रूपमा भइरहेको बताएको आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment