Comments Add Comment

नयाँबानेश्वरमा एमाओवादीको र्‍यालीमा प्रहरीको हस्तक्षेप (फोटो फिचरसहित)

baneshower-Jhadap-1

१६ फागुन, काठमाडौं । नयाँबानेश्वर एकीकृत नेकपा माओवादीको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले लाठी तथा अश्रुख्यास प्रहार गर्दा एक दर्जन आन्दोलन घाइते भएका छन् ।

३० दलले खुलामञ्चमा गरेको सभामा सहभागी हुन तीनकुनेबाट सुरु भएको र्‍याली मीनभवनस्थित सिभिल अस्पताल अगाडि आइपुगेपछि प्रहरीले रोकेको थियो । एमाओवादी नेताहरुले नारा नलगाई अघि बढ्छौं भन्दै नरोक्न आग्रह गरेपनि प्रहरीले निशेधित क्षेत्र भन्दै रोकेपछि तनाव सुरु भएको थियो ।

माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितका नेताहरुको अगुवाइ गरेको जुलुसलाई मोटरसाइकलले स्कटिङ गरेको थियो । तर, मिनभवनमा प्रहरीले रोकेपछि केहीबेर धकेलाधकेल भयो । त्यसक्रममा आन्दोलनकारी अघि बढ्दै झण्डै २० मिटरजति अगाडि आइपुगे ।

baneshower-Jhadap-2

प्रदर्शनहरु अघि बढेपछि एक्कासी झडपमा परिणत भयो । अगाडि रहेका मोटरसाइकलहरु सडकमा लडे । मोटरसाइकल चालक सडकमै लडे भने प्रहरीले आन्दोलनकारीहरुमाथि लाठी बर्साउन सुरु गरेको थियो ।

झडपका क्रममा प्रहरीले लाठीका साथै अश्रुग्यास र पानीको फोहोरो समेत हानेको थियो । प्रहरीले प्रहार गरेको अश्रुग्यास लागेर सडक छेउमा हिँडिरहेका बालबच्चासमेत घाइते भएका छन् ।

एमाओवादी नेता गंगानारायण श्रेष्ठ, सभासद दलजित श्रीपाइली लगायत घाइते भएका छन् । श्रीपाइलीलाई बीर अस्पतालको आकस्मिक कक्षमा अक्सिजन दिएर उपचार भैरहेको छ ।

एमाओवादी नेता हरिबोल गजुरेलले अनलाइनखरसँग भने- धेरै साथीहरु घाइते हुनुभएको छ ।’

झडपपछि माओवादी कार्यकर्ताले पनि प्रहरीलाई ढुंगा हानेपछि बानेश्वर तनावग्रस्त भयो । केहीबेरको तनावपछि प्रहरीको निषेधित क्षेत्र पार गर्दै जुलुस खुलामञ्चमा पुगेको छ ।

भिडियो 

Baneshower-Jhadap (1)

Baneshower-Jhadap (2)

Baneshower-Jhadap (3)

Baneshower-Jhadap (4)

Baneshower-Jhadap (5)

baneshower-Jhadap-960

Baneshower-Jhadap (6)

Baneshower-Jhadap (7)

Baneshower-Jhadap (8)

Baneshower-Jhadap (9)

Baneshower-Jhadap (10)

Baneshower-Jhadap (11)

Baneshower-Jhadap (12)

Baneshower-Jhadap (13)

Baneshower-Jhadap (14)

Baneshower-Jhadap (15)

30-dal-sava-3
बानेश्वर झडपमा घाइते भएका मध्ये केही पट्टी बाधेर खुलामञ्चको सभामा पुगेका थिए ।

Baneshwor-Jhadap-Ghaite Finalतस्वीरः भरतबन्धु थापा/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment