Comments Add Comment

आदिवासी जनजाति बन्दुकसँगै जन्मेका हुन् : डा. ओम गुरुङ

30-dal-sava-5१६ फागुन, काठमाडौं । आदिवासी जनजाति आन्दोलनका प्रवक्ता डा. ओम गुरुङले अधिकार प्राप्तिका लागि आवश्यक परे बन्दुक उठाउने चेतावनी दिएका छन् ।

खुलामञ्चमा आयोजित ३० दलीय मोर्चाको जनसभालाई सम्वोधन गर्दै गुरुङले भने, ‘आदिवासी जनजातिहरु बन्दुकसँगै जन्मेका हुन्, बन्दुकसँगै हुर्केका हुन्, आवश्यक पर्‍यो भने बन्दुक उठ्छन् ।’

उनले आदिवासी जनजाति युवाहरुको दस्ता बनिसकेको जानकारी पनि दिए । अहिले ति युवाहरुको दस्ताको हातमा लठ्ठी परेको र आवश्यक परे बन्दुक पर्ने उनले चेतावनी दिए ।

उनले आदिवासी जनजातिको अधिकार माग्दा देश टुक्राउन खोजेको आरोप लगाइएको भन्दै त्यसको खण्डन गरे । प्रवक्ता गुरुङले ३० दलीय मोर्चाको आन्दोलनमा ऐक्यवद्धता जनाएका थिए ।

मन्चमा आसिन मोर्चाका नेताहरुले आपसमा हात जोडेर आदिवासी जनजातिको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए ।

30-dal-sava-1

राष्ट्रियगान गाएर सुरु भयो मोर्चाको सभा

३० दलीय मोर्चाको जनसभा राष्ट्रियगान बजाएर सुरु भएको थियो । कलाकारहरुले ‘सैयौं थुंगा फूलका हामी…’ बोलको राष्ट्रियगान गाउँदा नेता कार्यकर्ताहरु आ-आफ्नो ठाउँबाट उठेका थिए ।

त्यसअघि मोर्चाका संयोजक प्रेमबहादुर सिंहले स्वागत मन्तव्य राखेका थिए । उनले अहिलेसम्म प्राप्त उपलब्धी रक्षाको लागि र बहुमतीय दम्भ देखाएका सत्तापक्षीय दलहरुलाई सहमतिमा आउन दबाव दिन ३० दलीय गठबन्धन आन्दोलनमा उत्रिएको बताए ।

उनले हालसम्मका आन्दोलनका उपलब्धीमा सत्तापक्षीय दलहरु खेलवाड गर्न खोजेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment