Comments Add Comment

रथी राजेन्द्र क्षत्रीलाई दर्ज्यानी चिन्ह

१६ फागुन, काठमाडौं । रथी पदमा हालै बढुवा भएका राजेन्द्र क्षत्रीलाई प्रधानसेनापति गौरव शम्शेर जबराले आज दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

यही फागुन १२ गते राजेन्द्र क्षेत्री उपरथी पदबाट रथीमा बढुवा भएका थिए ।

Rajendra-Bahadur-Chhetri

गत महिना रथी पवनबहादुर पाण्डेले अवकाश पाएपछि सो पद रिक्त थियो । जंगी अड्डामा शनिबार आयोजित समारोहमा क्षत्रीलाई रथी पदको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

मन्त्रिपरिषदको बैठकले रथी क्षत्रीलाई बलाध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी नियुक्त गरेको थियो । त्यसअघि बलाध्यक्षको जिम्मेवारी सम्हालेका रथी प्रदीपविक्रम राणालाई बलाधिकृतको जिम्मेवारी दिईएको छ ।

त्यसैगरी प्रधानसेनापति राणाले प्राविधिक सहायक रथीबाट प्राविधिक उपरथीमा बढुवा भएका योगेन्द्रबहादुर खांण र प्राविधिक महासेनानीबाट प्राविधिक सहायक रथीमा बढुवा भएका कमालसिंह प्रधानलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

तस्वीर सौजन्य : नेपाली सेना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment