Comments Add Comment

‘ओली ज्यू, खुलामञ्चका जनता यूपी विहारबाट आएका होइनन्’

१६ फागुन, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका बरिठ उपाध्यक्ष हृदयश त्रिपाठीले ३० दलीय मोर्चाको जनसभामा सहभागीहरु नेपाली नागरिक नै भएकोले विहारबाट आएको भनेर भ्रममा नपर्न कांग्रेस-एमालेलाई आग्रह गरेका छन् ।

ridayas tripathi३० दलीय मोर्चाले शनिबार खुलामन्चमा आयोजना गरेको जनसभालाई सम्वोधन गर्दै उनले भने, ‘केपी ओलीले टेलिभिजन हेरिराख्नु भएको होला । यहाँका जनसमुदाय यूपी विहारबाट आएका होइनन् । नत कुमाउ र गढवालबाट आएका हुन् ।’

विगतका सहमति पालना नभएसम्म वार्ता नगर्ने भन्दै उनले आन्दोलन निर्विकल्प भएको बताए ।

कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष केपी ओली २०६२/६३ को जनआन्दोलन र परिवर्तन विरोधी भएकोले हाल देखाएको चरित्रबाट आश्चर्य मान्न नपर्ने त्रिपाठीले धारणा राखे ।

अहिले कांग्रेस-एमाले सहमतिमा आउन नचाहे पनि पछि सहमतिमा आउन बाध्य हुने उनले दाबी गरे । उनले भने, ‘कांग्रेस-एमाले परिवर्तनका विरोधी भएकाले उनीहरुको यात्रा गढ्ढामा जान्छ । पछि उनीहरु चुक चुकाउँदै आइपुग्छन् ।’

कांग्रेस एमालेलाई दुई तिहाईको दम्भ नदेखाउन उनले चेतावनी दिए । उनले भने, ‘उनीहरुले दुई तिहाई बहुमत पाएका होइनन्, सुन्निएका हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment