Comments Add Comment

राजेन्द्र महतोले भने- ‘प्रचण्डजी सुनिहाल्नोस्’

Rajendra-Mahota-Presedent-of-Sadvabana-Party१६ फागुन, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वार्ता गर्ने भए एक दुई दिनभित्रै गरिहाल्न प्रचण्डलाई आग्रह गरेका छन् ।

आन्दोलन सुरु भइसकेपछि वार्ता नहुने र आन्दोलन पनि नरोकिने महतोले बताएका छन् ।

मधेसवादी नेता महतोले आफ्नै साथमा रहेका प्रचण्डलाई सम्बोधन गर्दै एक दुई दिनमै वार्ता गरिहाल्न आग्रह गरे ।

‘एकपटक आन्दोलन सुरु भइसकेपछि वार्तासार्ता हुँदैन’ शनिबार खुलामञ्चबाट महतोले भने, ‘प्रजण्डजी पनि सुनिहाल्नुस्,संविधान बनाएर मात्रै आन्दोलनबाट विश्राम लिनुपर्छ ।’

कांग्रेस र एमालेले ०४७ सालको संविधानलाई बाइबल र पुराणजस्तो ठानेको भन्दै महतोले कांग्रेस एमालेलेलाई संविधान नचाहिएको बताए ।

दुई तिहाइ बहुमतले पनि ०४७ को संविधान बचाउन नसकेको भन्दै महतोले दुई तिहाइको दम्भ नदेखाउन सत्तापक्षसँग आग्रह गरे । चाँडो वार्ता गरेर सहमति नभए आन्दोलन अघि बढ्ने बताउँदै महतोले भने-‘हाम्रो नारा छ, अभि नही होगा त कभी नहीं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment