Comments Add Comment

यूएईविरुद्ध भारतको सहज जित

India-Cric-team

१६ फागुन, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले यूएईविरुद्ध सहज जित हात पारेको छ । विश्वकपमा लगातार तेस्रो जित हात पार्ने क्रममा भारतले एसोसिएट नेसन युएईलाई ९ विकेटले हराएको छ ।

युएईले दिएको १०३ रनको सामान्य लक्ष्य भारतले १८.५ ओभरमा मात्र १ विकेटको क्षतिमा भेट्टायो । भारतले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो ।

भारतीय ओपनर शिखर धवनलाई मोहम्मद नभिदले मात्र १४ रनमा पभेलियनको बाटो देखाए ।

तर, रोहित शर्मा र विराट कोहलीले दोस्रो विकेटका लागि अविजित ७५ रनको साझेदारी गर्दै जित दिलाए । रोहितले अविजित ५७ रन बनाए भने कोहली ३३ रनमा अविजित रहे ।

यसअघि पर्थमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ३१.३ ओभरमा १०२ रन बनाउँदा सबै विकेट गुमायो ।

भारतीय बलरहरु हावी भएपछि यूएईका ब्याट्सम्यानहरु चल्न सकेनन् । सइमन अनवरले सबैभन्दा धेरै ३५ रन जोडे । युएइका ७ जना ब्याट्म्यानहरुले दोहोरो अंक छुन सकेनन् ।

भारतका स्पीनर आ अश्विनले १० ओभरमा एक मेडन राख्दै २५ रन खर्चिएर ४ विकेट लिए । रविन्द्र जडेजा र उमेश यादवले समान २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment