Comments Add Comment

निषेधाज्ञा तोड्न खोज्दा अश्रुग्यास हानेको सरकारको स्पष्टिकरण

१६ फागुन, काठमाडौं । सरकारले ३० दलीय मोर्चाको जुलुसले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि बाध्य भएर बल प्रयोग गर्नुपरेको स्पष्ट पारेको छ । गृहमन्त्रालयले शनिबार विज्ञप्ति निकालेर निषेधित क्षेत्र तोड्न खोजेकोले बल प्रयोग गर्न बाध्य भएको स्पष्ट पारेको हो ।

Home_ministry_nepalसंविधानसभा भवन रहेको नयाँबानेश्वरदेखि विजुलीबजार क्षेत्रलाई सरकारले सभा, जुलुस, प्रदर्शन लगायतका कुनै पनि गतिविधि गर्न नपाउने गरी निषेधाज्ञा घोषणा गरेको छ ।

तर, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेतृत्वको जुलस तिनकुनेबाट अघि बढेपछि नयाँबानेश्वरमा आन्दोलनकारीसँग झडप भएको थियो । झडपमा प्रहरीले २१ सेल अश्रुग्याँस प्रहार गरेको थियो । दुबैतर्फको झडपमा सुरक्षाकर्मीतर्फ १६ जना घाइते भएका छन् ।

‘निषेधित क्षेत्र नतोड्न सुरक्षाकर्मीले पटक पटक सम्झाउँदा उल्टै प्रहरीमाथि नै ढुंगामुढा प्रहार गर्ने काम भएको हुँदा बाध्य भई सुरक्षाकर्मीले २१ सेल अश्रुग्यास प्रहार गर्नुपरेको छ,’ गृहमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलनकारीसँगको झडपमा प्रहरीतर्फ १६ जना घाइते भएका छन् । नेपाल प्रहरी तर्फ प्रहरी नायव उपरीक्षक सहित ९ जना र सशस्त्र प्रहरीबल तर्फ ७ जना घाइते भएका छन् ।

३० दलीय मोर्चाको तर्फ पनि कम्तिमा १२ जना घाइते भएका छन् । गृहमन्त्रालयले घाइतेहरु सबैको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

२६ सय लाठी बरामद

गृहमन्त्रालयले नयाँबानेश्वर क्षेत्रबाट २ हजार थान र नागढुंगाबाट ६ सय थान लाठी आन्दोलनकारीबाट बरामद भएको जानकारी दिएको छ ।

मोर्चाका नेता कार्यकर्ताको जुलुसलाई स्कर्टिङ गरी खुलामञ्चसम्म पुर्‍याइएकोले कुनै अपि्रय घटना नभएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment