Comments Add Comment

टी- २० क्रिकेटको उपाधि केसीटीसीलाई

१६ फागुन, काठमाडौं । काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी) ‘ए’ ले गणेशमान सिंह शहीद स्मृति कप टी- २० पुरुष क्रिकेट प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

केसीटीसी ‘ए’ ले आयोजक युथ फर नेसन्स नेपाल (वाईएफएन) लाई १ विकेटले पराजित गर्‍यो ।

पहिले ब्याटिङ गरेको वाईएफएनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय २३ रनको योगफल खडा गरेको थियो । वाईएफएनका बसन्त खत्रीले २६ तथा दीपेन्द्र ऐरीले २३ रन जोडे ।

जवाफमा केसीटीसी ‘ए’ ले पूरै २० खेल्दै ९ विकेट क्षतिमा आवश्यक १ सय २४ रन जोड्यो । अन्तिम बलमा जितका लागि केसीटीसी ‘ए’ लाई २ रन आवश्यक थियो । त्यसमा नन्दन यादवले आवश्यक रन जोड्न सफल भएपछि केसीटीसी ‘ए’ उपाधि सुनिश्चित गर्न सफल भएको थियो । केसीटीसी ‘ए’ का आदिल खानले ३४ तथा सञ्जय बस्नेतले २५ रन जोडे ।

केसीटीसी ‘ए’ का मनीष यादव फाइनल खेलको ‘म्यान अफ द म्याच’ चुनिए । चार ओभर बलिङ गरेका उनले १६ रन खर्चदै ३ विकेट लिए ।

वाईएफएनका दीपेन्द्र ऐरी ‘म्यान अफ द सिरिज’ चुनिए । केसीटीसी ‘ए’ का राजेश पुलामी बलिङ, वाईएफएनका किरण बुढा ब्याटिङ तथा वाईएफएनकै अर्जुन अधिकारी विकेट किपिङमा उत्कृष्ट खेलाडी चुनिए ।

विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment