Comments Add Comment

अकल्याण्डका ६ महत्वपूर्ण क्षण

विश्व क्रिकेटको सबैभन्दा सानो बाउन्ड्री भएको ग्राउन्ड इडेन पार्कमा अष्टे्रलिया र न्यूजिल्याण्डको खेल अघि धेरैले यसलाई बिग हिटरको ब्याटलका रुपमा लिएका थिए । यद्दपि शनिबार त्यस्तो हुन सकेन ।

ट्रेन्ट बोल्टको सुरुवाति स्पेलदेखि लिएर मिचेल स्टार्कको उत्कृष्ट लेट इनिङ र केन विलियम्सनको अविजित ४५ ले अन्ततः न्यूजिल्याण्डले नाटकीय जित निकाल्यो । खेलका ६ महत्वपूर्ण क्षण यस्ता छन् ।

१. डानियल भिट्टोरीको बलिङ

Australia-out

सुरुवाती ओभरमा फास्ट बलरद्धय दटम साउथी र टे्रन्ट बोल्ट महंगा भएका थिए । रन रेट पनि १० भन्दा माथि थियो ।

तर, जब न्यूजिल्याण्डका कप्तान म्याकुलमले भिट्टोरीलाई बलिङको जिम्मा दिए, उनले आफ्ना सुरुवाती ओभरमा इकोनोमिकल बलिङ मात्र गरेनन्, सेन वाट्सन र स्टिभ स्मिथको विकेट लिए ।

२. बोल्टको दोस्रो स्पेल

Trent-Boult

सुरुवाति तीन ओभरमा केही बढी रन दिएपछि त्यसपछि उनी आफ्नो लयमा फर्किए र ५ विकेट आफ्नो नाममा लेखाए । उनले १७ औं ओभरमा बिग हिटर ग्लेन म्याक्सवेल र मिचेल मार्सलाई आउट गरे ।

अष्ट्रेलियाविरुद्धको उनको यो प्रदर्शन विश्वकपमा उत्कृष्ट मध्येको एक हो ।

३. मिचेल जोनशनको ओपनिङ डेलिभरी

जोनशोनले अष्टे्रलियन इनिङको पहिलो बल लेग साइडमा फाले, जसलाई मार्टिन गुप्टिलले सहजै चौका हाने । अम्पायरले त्यो बललार्इ नो बलको संज्ञा दिए । अर्को बलमा फेरि मार्टिनले छक्का हाने । जसले अष्ट्रेलियामाथि थप दबाव बड्यो ।

४. म्याकुलमलाई बलले लाग्नु

सुरुवातमै महंगा सावित भएका जोनसनको दोस्रो ओभरको पहिलो बलमा म्याकुलमले छक्का र अर्को बलमा चौका हाने । त्यसपछि अर्को बल डिफेन्ड गरे ।

जोनसनले अर्को बल १४७ किमीको स्पीडमा फले, जसले म्याकुलमको नाडीमा लागेको थियो । केहि उपचारपछि उनले फेरि ब्याटि गरेका थिए ।

न्यूजिल्याण्डको जितको आधार उनले नै तयार पारेका थिए । उनले २४ बलमा सात चौका र तीन छक्काको मदतमा ५० रन बनाए ।

५. स्टार्कको इण्ड परिवर्तन 

Mitchell-Starc

नर्दन इण्डबाट ४ ओभर बलिङ गरेको जोनसननले ५२ रन दिएका थिए । पछि मिचेल स्र्टाकले पनि आफ्नो इण्ड स्वीच गरी नर्दन इण्डमा आए ।

त्यसपछि उनले बललाई निकै कुशलतापूर्वक स्पीड दिएर स्विङ गराए । उनले ९ ओभरमा २८ रन दिएर ६ विकेट लिएका थिए । उनले २ पटक हृयाटि्रक बल पनि पाएका थिए ।

६. केन विलियम्सनको इनिङ

मिचेल र्स्टाकले उत्कृष्ट बलिङको नमुना प्रस्तुुत गर्दा कुनै समय सहज जितको बाटोमा देखिएको न्यूजिल्याण्डको पारी एकाएक धर्मरायो ।

मिचेल स्र्टाकको बलिङ सामु न्यूजिल्याण्डका ब्याटम्यान टिक्न सकेनन् ।

तर विलियम्सनले क्रिजमा टिकेर बिस्तारै बिस्तारै रन जोड्दै गए । उनले अन्तिममा छक्का प्रहार गर्दै न्यूजिल्याण्डको जित सुनिश्चित गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment