Comments Add Comment

जिम्बावेविरुद्ध पाकिस्तानलाई जित्नै पर्ने दबाव

misbah-ul-haq

विश्वकप क्रिकेटका सुरुवाती दुई खेल गुमाइसकेको पाकिस्तानका लागि जिम्मबावे बिरुद्धको खेल जित्नै पर्ने दबाव छ ।
पूर्व विश्व विजेता पहिलो खलमा भारतसँग र दोस्रो खेलमा वेस्ट इन्जिसँग पराजित भएको थियो ।

कुनै समय फास्ट बलिङका लागि चिनिएको पाकिस्तानले यसपटकको विश्वकपमा खासै राम्रो प्रदर्शन गर्न सकेका छैन् । यसअघि वेस्ट इन्डिज बिरुद्धको खेलमा उसले ५ क्याच ड्रप गरेको थियो भने वन डे क्रिकेटको इतिहासकै खराब ओपनिङको पनि रेकर्ड बनाएको थियो ।

क्वाटर फाइनलको आशा जिवितै राख्न उसलाई जित्नै पर्ने दबाव छ । पाकिस्तान समुह बीको पुछारमा छ । आइतबारको खेलका लागि पाकिस्तानले टीममा २ परिवर्तन गर्न सक्ने देखिएको छ ।

ओपनर यूनुस खानलाई विकेट किपर सरफराज अहमदले रिप्लेस गर्न सक्ने छन् । लेग स्पीनर यासिर साहलाई पनि पहिलो ११ मा स्थान दिइने बुझिएको छ ।

जिम्बावेले युएइलाई हराएको थियो भने दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिरुद्ध भने सम्मानजनक हार ब्यहोरेको थियो ।

पाकिस्तान र जिम्बावे अहिलेसम्म ३० पटक भिडेका छन् जसमा पाकिस्तानले २७ बटा खेल जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment