Comments Add Comment

भारतले नेपाललाई दिने अनुदान घटायो

१७ फागुन, काठमाडौं । भारतले नेपाललाई आर्थिक वर्ष २०१५/१६ मा दिने अनुदान कटौती गरेको छ । नेपालले प्राप्त सहयोगलाई अपेक्षित रुपमा खर्च गर्न नसकेपछि अनुदान कटौती गरिएको अनुमान छ । यो वर्ष भारतले ६ अर्ब ७२ करोड रुपैयाँ (चार अर्ब २० करोड भारु) अनुदान सहयोग घोषणा गरेको हो ।

ic-noteभारतका केन्द्रीय वित्तमन्त्री अरुण जेट्लीले शनिबार लोकसभामा सार्वजनिक गरेको २०१५/१६ को युनियन बजेटमा नेपाललाई गैरयोजना (ननप्लान) अन्तर्गत विदेश मन्त्रालयमार्फत खर्च हुने गरी सो अनुदान दिइने उल्लेख गरिएको कारोबार तथा अभियान दैनिकमा खबर छ ।

भारतले गत वर्ष २०१४/१५ मा सात अर्ब २० करोड रुपैयाँ (साढे चार अर्ब भारु) अनुदान दिने घोषणा गरेको थियो । त्यसमध्ये चार अर्ब ८० करोड (तीन अर्ब भारु) मात्रै खर्च हुने अनुमान बजेटमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment