Comments Add Comment

स्कुल जान मात्रै चार घन्टा !

१७ फागुन, धादिङ । गाउँमा प्रावि स्कुल छ । अधिकांश बालबालिका विद्यालय जान्छन् । चेपाङ समुदायको बसोबास भएको अन्य गाउँबस्ती हेर्दा सम्पन्नजस्तै लाग्ने धादिङको जोगीमारा-६ रोवाङमा कक्षा पाँच उत्तीर्ण गरेपछि भने थप शिक्षा हासिल गर्न फलामको चिउराजस्तै भएको छ ।

रोवाङ प्राविमा कक्षा पाँच उर्त्तीण गरेपछि कक्षा ६ देखि माथि पढ्न पृथ्वी राजमार्गको मझिदार पुग्नुपर्छ । १० बजे विद्यालय पुग्न गाउँबाट बिहान ६ बजे हिँड्नुपर्छ । कतै नअलमलिई हिँड्दा चार घन्टा पुगिने मझिमदारबाट फर्कन पाँच घन्टा लाग्छ । बाटोमा पर्ने हुग्दीखोलाबाट हँडि्दा ३३ जँघार तर्नुपर्छ । वर्षा र हिउँद जहिले पनि बालबालिकालाई तर्न मुस्किल पर्ने नागरिकमा खबर छ । ‘विद्यालय टाढा भएकाले कक्षा पाँच उर्त्तीण गरेपछि रोवाङका चेपाङ छात्रा बिहे गरेर घरगृहस्थी थाल्छन् भने छात्र कि बिहेबारी गरेर बस्छन् कि त रोजगारीका निम्ति सहर पस्छन्,’ गत वर्ष कक्षा पाँच उर्त्तीण गरेकी जुनकिरी चेपाङले भनिन् ।

५२ घर चेपाङको मात्र बसोबास रहेको सो स्थानमा ०३५ सालमा स्थापना भएको रोवाङ प्राविको स्तरोन्नति हुन नसक्दा समस्या उत्पन्न भएको हो । गरिबी र विपन्न वर्गाका त्यहाँका चेपाङ समुदायमा आफ्ना सन्तानलाई पढाउनुपर्छ भन्ने धारणा विकास भएको पाइन्छ । तर, कक्षा ६ देखि माथि पढाउन आर्थिक हैसियत नहुँदा आफ्ना बालबालिकालाई अवसरबाट बञ्चित गराउनुपरेको उनीहरुले स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment