Comments Add Comment

आइतबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट आइतबार राजधानीबाट प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले भारतले नेपाललाई दिने अनुदान घटायो, विकृतिमा आयल निगम कै सहयोग, विदेश जाँदा बोक्न पाउँने रकमको सीमा तोक्ने तयारी, नयाँ विदेशी लगानी नीति पारित शीर्षकमा मुख्य खबर छापेका छन् ।

कारोबार दैनिकमा एक वर्षमै ८३ प्रतिशत बढ्यो एफडीआई, भारतले नेपाललाई दिने अनुदान घटायो, शिखरको एफपीओ ५५० प्रिमियममा, अन्नपूर्ण सर्किटमा बर्सेनि घट्दै पर्यटक, अझै खुलेन यूटीएलको सेवा, फुटपाट ब्यवसायी ब्यवस्थापन गर्न संसदीय उपसमिति लगायतका खबर छन् ।

नागरिक दैनिकमा विकृतिमा आयल निगम कै सहयोग, भारतले आधारभूत संरचनामा लगानी गर्ने, २५ हजार सञ्चयकर्ताले तामाकोसीको सेयर भरे, कपडा उद्योगबाट आम्दानी लिन प्रक्रिया, नेप्से ७ अंकले बढ्यो, पोल्ट्री ब्यवसायी संगठनमा विवाद लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा विदेश जाँदा बोक्न पाउने रकमको सीमा तोक्ने तयारी, तरकारी खेतीमा रमाउँदै माओवादी पूर्व लडाकु, जोगबनीसम्मै रेलमा सामान ल्याउन पाउने ब्यवस्था माग, फागुन अन्तिममा अन्तर्राष्ट्रिय ब्यापार मेला, अभिमुखीकरण तालिम विवरण अनलाइनमा लगायतका खबर छन् ।

अभियान दैनिकमा नयाँ विदेशी लगानी नीति पारित, नेपाललाई दिने सहयोग घट्यो, ई-ताल्चाको ढिलाइले चोरलाई प्रोत्साहन, माथिल्लो कर्णाली बाँधस्थलमा झडप, एनएसीद्वारा ‘ब्राण्ड न्यू’ जहाजबाट ब्यावसायिक उडान सुरु, सामसुङ ग्यालेक्सी एसफोर र टेलिकमबीच बण्डलिङ लगायतका खबर छन् ।

00

11

22

44

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment