Comments Add Comment

इंग्ल्याण्डविरुद्ध श्रीलंकाको शानदार जित

srilanka

कुमार सांगाकारा र लाहिरु थिरिामानेको उत्कृष्ट साझेदारीको मदतमा विश्वकप क्रिकेटमा श्रीलंकाले इंग्ल्याण्डविरुद्ध शानदार जित हात पारेको छ ।

आइतबार भएको खेलमा श्रीलंकाले इंग्ल्याण्डमाथि ९ विकेटको जित हात पारेको हो ।

इंग्ल्याण्डले प्रस्तुत गरेको ३१० रनको लक्ष्य श्रीलंकाले ४७.२ ओभरमा मात्र १ विकेटको क्षतिमा भेट्टायो ।

ओपनर लाहिरु थिरिमाने र तिलकरत्ने दिल्शानले पहिलो विकेटका १०० रनको साझेदारी गरे । दिल्शान ४४ रनमा आउट भए । लाहिरुले दोस्रो विकेटका लागि कुमार सांगाकारासँग अविजित २१२ रनको साझेदारी गर्दै श्रीलंकालाई जित दिलाए ।

लाहिरु थिरिमाने१३९ रनमा अविजित रहे । १४३ बलको सामना गरेका उनले १३ चौका र दुई छक्का हाने । सांगाकाराले अविजित ११७ रन बनाए । ८६ बलको सामना गरेका उनले ११ चौका र दुई छक्का हाने ।

माइन अलीले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले जोए रुटको शतकको मदतमा निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३०९ रन बनाएको थियो ।

१०१ रन बनाउँदा सुरुवाति ३ विकेट गुमाएको इंग्ल्याण्डको पारी रुटले सम्हालेका थिए । रुटले चौथो विकेटका लागि कप्तान ओइन मोर्गानसँग ६० र जेम्स टेलरसँग ९८ रनको साझेदारी गरे ।

रुट १२१ रनमा आउट भए । १०८ बलको सामना गरेका उनले १४ चौका र २ छक्का हाने । इयान बेलले ४९ रनको योगदान दिए । जोश बट्लर ३९ रनमा अविजित रहे । ओइन मोर्गान २७ र टेलर २५ रनमा आउट भए ।

श्रीलंकाका ६ बलरले १/१ विकेट लिए । लासिथ मालिंगा, एन्जेलो म्याथु, तिलकरत्ने दिल्शान, सुरंष लकमल, थिसरा परेरा र रंगनाले विकेट लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment