Comments Add Comment

स्वरेजको प्रेरणामा बार्सिलोनाको जित

Luis Suarez

१७ फागुन,काठमाडौं । लुइस स्वरेजको प्रेरणामा बार्सिलोनाले स्पेनिस ला लिगामा गर्नाडालाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले गर्नाडालाई ३–१ ले पराजित गर्दा स्वरेजले एक गोल गरे भने अन्य दुई गोलका लागि अवसर श्रृजना गरे ।

गर्नाडाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २५ औं मिनेटमा राकिटिकको गोलबाट अग्रता लियो । उनले स्वरेजको पासमा खाली पोष्टमा गोल गरे ।

दोस्रो हासको सुरुमा नै राकिटिकको पासमा स्वरेजले गोल गर्दै अग्रता दोब्बर पारे । तर, ५३ ओं मिेनटमा फ्रान रिकोले पेनाल्टी गोल गर्दै बार्सिलोनाको अग्रता २–१ मा झारे ।

७० औं मिनेटमा स्वरेजको पासमा लिओनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३–१ को जित दिलाए ।

जितपछि बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी एकमा झारेको छ ।

बार्सिलोनाको २५ खेलबाट ५९ अंक भएको छ भने एक खेल कम खेलेको रियल मड्रिडको ६० अंक छ । रियलले आज भिल्लारियलसँग खेल्नेछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment