Comments Add Comment

बाघको छाला र आखेटोपहारमा संलग्न भारतीय पक्राउ

१७ फागुन, भीमदत्तनगर । प्रहरी अनुसन्धान टोलीले शनिबार एकाबिहानै बाघको छाला र आखेटोपहारसहित दुई नेपालीलाई पक्राउ गरेको केही घन्टा नबित्दै सोही तस्करीमा संलग्न थप एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको प्रहरीको अनुसन्धान टोलीले कञ्चनपुरको पुनर्बास नगरपालिका–८ माछापुच्छ्रे टोलीका ३१ वर्षीय खड्कबहादुर खड्का र पुनर्बास–१० त्रिभुवनबस्तीका ३२ वर्षीय रामबहादुर रोकायालाई पक्राउ गरेको थियो ।

भारतको सम्पूर्णानगरबाट बाघको छाला र आखेटोपहार पुनर्बास पु¥याएर भाग्दै गरेका भारतीय नागरिक बन्स रानालाई अनुसन्धान टोलीले केही घन्टाभित्रै पक्राउ गर्न सफल भएको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान टोलीका संयोजक प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले जानकारी दिए ।

उनका अनुसार भारतबाट उक्त सामान ल्याउने तीन अभियुक्त अझै फरार छन् । उनीहरुबाट टोलीले नौ फिल लामो र २१ किलो आखेटोपहार पक्राउ नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार अभियुक्त र बरामद गरिएको छाला र आखेटोपहार थप कारबाहीका लागि जिल्ला वन कार्यालय कञ्चनपुरलाई बुझाउने जनाएको छ ।

उनीहरुलाई राष्ट्रिय निुकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाही गरिने जिल्ला वन कार्यालयका वन अधिकृत पशुपति कोइरालाले जानकारी दिए ।

लागुऔषधसहित एक पक्राउ

यसैबीच मोरङमा लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर–१७ बस्ने २० वर्षीय अशोक डङ्गोललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट एमिन २० चक्की, डाइजेपाम ३० चक्की, लुविजेसिक २९ चक्की र नाइट्रोजन ८० चक्की बरामद भएको छ ।

भारतको जोगवनीबाट ल्याएको अवस्थामा विराटनगर–८ स्थित शनि मन्दिरनजिक शनिबार अपराह्न जाँचका क्रममा उनको साथबाट उक्त लागुऔषध बरामद भएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment