Comments Add Comment

सोनम कपुरलाई स्वाइन फ्लु, सलमानमाथि पनि शंका

sonam

मुम्बई । बलिउड अभिनेत्री सोनम कपुरलाई स्वाईन फ्लु संक्रमण भएपछि अस्पताल भर्ना भएकी छिन् ।

नयाँ फिल्म ‘प्रेम रतन धन पायो’ को सुटिङका लागि राजकोट पुगेकी सोनमलाई एक्कासी ज्वरो आएपछि अस्पताल भर्ना गरिएको छ ।

राजकोट जिल्ला अधिकारी मनीषा चन्द्राले सोनमलाई स्वाइन फ्लु भएको पुष्टि गरे । उनलाई ब्यायाम प्रशिक्षकवाट संक्रमण भएको अनुमान गरिएको छ ।

स्वास्थ्य आयुक्त जेपी गुप्ताले सुटिङका लागि आउँदा नै सोनम बिरामी भएको बताए । उपचारमा संलग्न चिकित्सक डा. चिराग मातरावादियाले उनलाई छुट्टै कक्षमा राखेर उपचार गरिएको जानकारी दिए ।

बिरामी भएर दुई साताअघि मात्रै अस्पतालबाट डिस्चार्ज भएर काममा फर्किएकी सोनम पुनः अस्पताल भर्ना हुनु परेको छ ।

सुटिङमा अभिनेता सलमान खान पनि सँगै थिए । बिगत केही दिनदेखि उनीहरुले सँगै काम गरिरहेका हुँदा सलमानमा पनि स्वाइन फ्लुको खतरा बढेको छ । जसका कारण सलमानको स्वास्थ्य परिक्षण गर्न लागिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

स्थानीय प्रशासनले सोनम र सलमान बसेको होटल फ्रेनमा पनि चेकजाँचका लागि स्वास्थ्यकर्मीहरु खटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment