Comments Add Comment

बानेश्वर झडपका घाइतेलाई प्रचण्डले भने- हेपाइको प्रतिवाद गर्नु भो, धन्यवाद

Prachanda with Ganga narayan in hospital

१७ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बानेश्वर झडपमा सरकारले कायरता प्रदर्शन गरेको बताएका छन् ।

प्रचण्डसहितका नेताहरु नयाँ बानेश्वरमा प्रहरीसँग भएको झडपका घाइते गंगा नारायण श्रेष्ठसहितका नेताहरुलाई भेट्न कान्तिपुर अस्पताल पुगेका थिए । खुलामञ्चको सभामा जान तीनकुनेबाट सुरु भएको जुलुस बानेश्वरमा आएपछि निषेधित क्षेत्र भन्दै प्रहरीले रोकेपछि झडप भएको थियो ।

अस्पतालमा उपचाररत केन्द्रीय सदस्य श्रेष्ठसँगको भेटमा प्रचण्डले आफूहरुको आन्दोलनबाट गृह प्रशासन धेरै आतंकति भएको बताए । आन्दोलनकारीले सरकारको निरंकुशता र कायरताको प्रतिवाद गरेको भन्दै उनले धन्यवाद दिए ।

उनले भने-जुन हेपाई प्रशासनले गर्न खोज्यो त्यसको प्रतिवाद गर्नु भो । राम्रो सन्देश गएको छ ।’

आफूले प्रधानमन्त्री र गृहमन्त्रीसँग आन्दोलनकारी आउँदा सुरक्षाकर्मी संविधानसभा भवनतिर बस्ने र आन्दोलन अर्कोतर्फबाट जान्छन् भनेको भन्दै उनले भने भने-यसलाई विवाद र प्रतिष्ठाको विषय नबनाऔं भनेर कुरा भएकै थियो ।’

लगतै श्रेष्ठले आफूले अनलाइनखबरमा दिएको अन्तरवार्तामा पनि भनेको बताए । प्रचण्डले भने-यसबाट के देखियो भने सरकार र खासगरी गृह प्रशासन धेरै नै आतंकित छ भन्ने जस्तो देखिन्छ । साँचै कायरता प्रदर्शन गरेको छ ।’

आफूले खुलामञ्चको सभामा नै झडपमा भएको दमनको विरोध गरेको भन्दै उनले भने, तपाईहरुले जे होस्, जुन हेपाई प्रशसन गर्न खोज्यो, त्यसको प्रतिवाद गर्नुभो । राम्रो सन्देश गएको छ । मिडियामा पनि चिज के हो भन्ने आएको छ ।

घाइते नेता कार्यकर्तालाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले वार्तामा नस्ने वा आन्दोलन अगाडि लैजाने सत्तारुढ दलहरुकै हातमा रहेको बताए ।

बानेश्वरमा शान्तिपूर्ण जुलुसमा सरकारले आक्रमण गरेर कायरता प्रदर्शन गरेको र अनाहकमा आफ्ना नेता कार्यकर्तालाई घाइते बनाएको उनले बताए ।

बानेश्वर घटनाले सरकार वार्ता र सम्वादका लागि सकारात्मक नलेखिएको भन्दै उने भने-‘उहाँहरुले सहमतिबाटै संविधान बनाउने हो । शान्ति सम्झौतालाई सम्मान गर्ने हो प्रक्रियालाई सम्वाद समितिबाटै लैजाने भन्नु भो भने हामी वार्ताका लागि जतिबेला पनि तयार छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment