Comments Add Comment

भैँसीको मालिक पत्ता लगाउन डिएनए परीक्षण गरिने

buff
अघिल्लो हप्ता गाउँबाट एउटा भैँसी बेपत्ता भयो । प्रहरीले हराएको भनिएको उक्त भैँसी फेला त पार्यो तर फेला परेको भैँसीको मालिक मैँ हुँ भनेर दुइजना मानिसहरुले दाबी गरेपछि प्रहरीलाई भैँसी जिम्मा लगाउन सकस पर्यो ।

प्रहरीले भैँसीको खास मालिक पत्ता लगाएर भेटिएको भैँसी मालिकलाई जिम्मा लगाउने अनेकौँ जुक्ति लगायो, तर सफल हुन सकेन । तर अब भने भैँसीको खास मालिक पत्ता लगाउँछ नयाँ उपाय अपनाइएको छ । असली मालिक पत्ता लगाउन उक्त भैँसी तथा उसका पाडापाडीको डिएनए टेष्ट गरिने भएको छ ।

खबर भारतको उत्तरप्रदेशस्थित गोसाइगञ्जको हो । स्थानीय राम बच्चन र अबध नामका दुइजना व्यक्तिले आफ्नो घरको भैँसी चोरी भएको भनि खोजी गरिदिन प्रहरीमा छुट्टाछुट्टै निवेदन दिए ।

प्रहरीले चोरी भएको भनिएको भैँसीको खोजी सुरु गर्यो र दुइ दिनभित्रमा एउटा भैँसी फेला पार्यो पनि । जब प्रहरीले भैँसी भेटिएको बतायो तब पुलिस ठानामा पुगेका राम बच्चन र अबध दुबै जनाले उक्त भैँसी आफ्नो भएको दाबी गरे ।
भैँसीको स्वामित्वमा विवाद भएपछि प्रहरीले आफ्नो खास मालिक आफै रोज्ने अधिकार उक्त भैँसीलाई नै प्रदान गर्यो । भैँसीले आफ्नो मालिक तथा घर आफै चिन्नेछ र आफ्नो घरमा आफै जानेछ भन्ने सोझो अनुमान थियो । तर भैँसी कसैसँग पनि गएन । त्यसले उसलाई प्रहरी चौकीमै राखिएको छ ।

प्रहरीले खाना खुवाएर भैँसीको मालिक पत्ता लगाउने कोसिस पनि नगरेको होइन । आफुलाई पालन पोषण गर्दै आएको मालिकको हातले दिएको घाँसपानी उक्त भैँसीले राम्रोसँग खानेछ र त्यसपछि खास मालिक पत्ता लाग्नेछ भन्ने अनुमान गरिएको थियो, तर त्यो पनि काम लागेन । उक्त भैँसीले राम बच्चन र अवध दुबै जनाले दिएका कुनैप्नि कुरा खाएन ।

मालिक पत्ता लगाउने सबै जुक्ति फेल भएपछि अब डिएनए परीक्षण गरी भैँसीको खास मालिक पत्ता लगाउने वैज्ञानिक निर्णयमा प्रहरी पुगेको आजतकले जनाएको छ ।

अब उक्त भेटिएको भैँसीसँगै राम बच्चन र अवध दुबैजनाको घरमा रहेका उसले जन्माएका भनिएका पाडापाडीको डिएनए परीक्षण गरिनेछ । दुइजना मध्ये जसको घरको पाडापाडी सँग उक्त भैँसीको डिएनए मिल्छ ऊ नै भैँसीको खास मालिक ठहर्नेछ र उसैलाई उक्त भेटिएको भैँसी जिम्मा लगाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment