Comments Add Comment

९० प्रतिशत युवतीहरु आफ्नो जिउदेखि असन्तुष्ट

watching-mirror

एक सर्भेक्षणले सयमा ९० जनाभन्दा बढि युवतीहरुलाई आफ्नो जिउ मन नपर्ने गरेको देखाएको छ । रियल सेल्फ डट कमले अमेरिकाका १८ देखि २४ वर्ष उमेरका युवतीहरुमा गरेको अध्ययनले ९० प्रतिशत भन्दा बढि युवतीहरुलाई आफ्नो सरीरको कम्तिमा एउटा कुनै अंग मन नपर्ने गरेको देखाएको हो ।

युवतीहरु मात्र होइन पाका महिलाहरुलाई पनि आफ्नो जिउप्रति सन्तोष नहुने गरेको पाइएको छ । ५५ देखि ६४ वर्ष उमेरका ८५ प्रतिशत महिलाले समेत आफ्नो जिउ तथा अंगप्रत्यंगप्रति असन्तुष्टि जनाएका छन् ।

महिलाहरु आफ्नो सरीरको अन्य भागभन्दा मध्य भागप्रति बढि असन्तोषी हुने गरेका तथा चित्त नबुझाउने गरेको पाइएको छ ।

६५ प्रतिशतले आफ्नो पेट तथा ढाड सुन्दर नभएको गुनासो गर्ने गरेका छन् । आफ्नो खुट्टा, थाइ, नितम्ब र छालाप्रति गुनासो हुनेहरु पनि उच्च रहेको पाइएको छ ।
अध्ययनले अमेरिकाका हरेक ५ मा एक जना महिलाहरुले जिउलार्य सुन्दर बनाउन कस्मेटिक सर्जरी गर्ने योजना बनाइरहेको देखाएको छ । जबकी ७ प्रतिशतले कुनै न कुनै खाले सर्जरी गराएका छन् । २५ देखि ३४ वर्ष उमेरका महिलामा सर्जरी गरेर जिउको विभिन्न भागहरुलाई सुन्दर बनाउने चलन बढि पाइएको छ । जबकी हरेक ५ जनामा एक जना महिला भने आफ्नो जिउ जति कुरुप भएपनि कस्मेटिक सर्जरी गरेर सुन्दर नबनाउने पक्षमा छन् ।

तपाइँ किन कस्मेटिक सर्जरी गर्न चाहनुहुन्छ ? भन्ने प्रश्नमा महिलाहरुको जवाफ पनि रोचक नै देखिएको छ । यस्तो प्रश्नमा महिलाले दिने केही रोचक जवाफ यस्ता रहे –
· आत्म सम्मान तथा समग्रमा आत्मविश्वास बढाउन
· समग्र खुसीयालीमा वृद्धि गर्न
· फोटो खिच्दा आनन्द महसुस गर्न
· लुगा लगाउँदा बढि राम्रो देखिन
· कम लुगा लगाउँदा वा निर्वस्त्र हुँदा समेत राम्रो देखिन
· सेक्स अपिल बढाउन
· सोसल मिडियामा सेल्फी तस्वीर शेयर गर्न
· यौन जिवनलाई रोमाञ्चक बनाउन
श्रोतः डेलीमेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment