Comments Add Comment

हुवावको न्यूरोडमा अनर होली हंगामा

huawei-honor-holly-Smartphone

१८ फागुन, काठमाडौं । रंगहरुको चाड होलीको अवसरमा हुवावे मोबाइलले न्यूरोड क्षेत्रमा ‘हुवावे अनर होली हंगामा’ योजना ल्याएको छ ।

योजनाअन्तर्गत हुवावको अनर होली मोबाइल खरिद गर्दा टिसर्ट, नगद छुट तथा स्योर सट उपहारहरु प्राप्त गर्न सकिने छ ।

टेली टूका अध्यक्ष पुरुषोत्तम बस्नेतले फागुन १७ गतेदेखि २४ गतेसम्म आयोजना लागू हुने बताए । पाको न्यूरोड क्षेत्रका पसल तथा ताम्राकार कम्प्लेक्सका पसलहरुमा हुवावेको अनर होली स्मार्टफोन खरिद गर्दा आकर्षक टिसर्ट, नगद छुट तथा स्योर सट उपहार प्रदान गर्ने उनले जानकारी दिए ।

‘अनर होली हंगामाको अवधिभर अनर होली खरिद गर्ने ग्राहकमध्येबाट लक्कि ड्रमार्फत एक जनाले हुवावे अनर होली पुरस्कार जित्न सक्नेछन्’ अध्यक्ष बस्नेतले भने- ‘होलीको माहौललाई उल्लासमय बनाउन विभिन्न उपहारहरु स्योर सटमा दिईनेछ ।’

कम्पनीले स्योर सट उपहारमा होली खेल्न आवश्यक पर्ने पिच्कारी, रंगहरु, बेलुनहरुलगायतका आकर्षक वस्तुहरु गिफ्ट हृयाम्परमा दिने जनाएको छ ।

कम्पनीका निर्देशक रोशन विष्टले न्यूरोड क्षेत्रमा हुवावेका मोबाइलहरु विशेषगरी अनर होली मोडलको माग निकै रहेको दाबी गरे । हुवावेको अनर होली मोबाइलको अधिकतम खुद्रा मुल्य १३ हजार ९ सय ९९ रुपैंया रहेको छ ।

यस्ता छन् फिचर

अनर होलीमा १.३ गीगाहर्जको क्वाड कोर मिडिया टेक ६५८२ प्रोसेसर राखिएको छ । यो स्मार्टफोनमा ५ इन्चको आईपीएस एलसीडी क्यापासीटिभ डिस्प्ले छ ।

दुई सिम प्रयोग गर्न मिल्ने, १ जीबी र्‍याम, १६ जीबी आन्तरिक मेमोरी, ३२ जीबीसम्म एक्स्पान्ड गर्न सकिने, एन्ड्रोइड किटक्याट ४.४.२ भर्सन लगायतका सुविधाहरु यस मोबाइलमा रहेका छन् ।

यसमा पछाडि ८ मेगापिक्सल अटोफोकश क्यामरा तथा अगाडि २ मेगापिक्सल क्यामरा रहेको छ । यसमा फेश डिटेक्सन, फेश ब्यूटी, एन्टी फि्लकर अप्सन पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment