Comments Add Comment

‘आत्मा छ कि छैन’ ?, ‘माला’ यसै भन्छ

मानिसको मृत्युपछि आत्मा रहन्छ, केही यसो भन्छन् । केही भन्छन्-‘मानिसको शरीर एउटा कप्युटर हो । जुन बिगि्रएपछि उसको मृत्य हुन्छ, यसैले आत्मा कहाँ बाँकी रह्यो र ?’-एकथरी यसो भन्छन् । आखिर मानिसको निधनपछि आत्मा रहन्छ कि रहदैन होला । (तस्बिर पछि पनि समाचार जारी छ )
priyanka-in-mala
चैत्र ६ गतेबाट चल्न लागेको चलचित्र ‘माला’ले यस्तै बिषयमा बहस गर्छ । सुदिप भुपाल सिंहको निर्देशनमा बनेको यो चलचित्रले दर्शकलाई डर नदिने तर हेरुन्जेल एक प्रकारको आनन्द दिनेछ ।

निर्देशकले भने-‘ चलचित्रका मुख्य २ पात्रविच यही बिषयमा हुने मतभेदलाई हामीले रोचक रुपमा चलचित्रमा देखाउन खोजेको छौ । चलचित्रमा आर्यन सिग्देल, पि्रयंका कार्की, सुमिना घिमिरे लगायतका कलाकारको अभिनय छ ।

शिशिर राणा कार्यकारी निर्माता रहेको यो चलचित्रले दर्शकलाई चित्त वुझाउने निर्माणपक्षले  दाबी गरेको छ । नायिका कार्कीले आफूले काम गरेकोमध्ये एउटा विशेष चलचित्रको रुपमा ‘माला’ रहेको बताउँदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment