Comments Add Comment

मनोनयन र कार्य विभाजनका लागि एमाले बैठक बस्दै

१७ फागुन, काठमाडौं । पाँचजना बैकल्पिक केन्द्रीय सदस्य मनोनयन र केन्द्रीय कमिटी सदस्य तथा पदाधिकारीहरुको कार्य बिभाजन गर्न एमाले एमाले स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

uml flagयसअघि बिहीवारलाइ निर्धारित बैठक नेताहरुको व्यस्तताले गर्दा स्थगित भएको थियो । आजको बैठकमा कार्य बिभाजनको प्रस्ताव पेश हुने महासचिव इश्वर पोखरेलले बताए ।

दश पूर्ण केन्द्रीय सदस्य मनोनयनपछि रोकिएको बैकल्पिक केन्द्रीय सदस्यको मनोनयन पनि बैठकको एजेण्डा रहेको छ । पाँच बैकल्पिक सदस्यको लागि देवशंकर पौडेल, रुपनारायण श्रेष्ठ, जुलीकुमारी महतो, राजेन्द्र राई,झपट रावल, भीम राई, भीम केसी लगायतको नाम पेश भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment